24.1 C
Kathmandu
Monday, May 27, 2024
spot_img
Homeगृहपृष्ठविष्णु माझीको स्वरमा "अनुसन्धान" गीत बजारमा (भिडियो सहित)

विष्णु माझीको स्वरमा “अनुसन्धान” गीत बजारमा (भिडियो सहित)

आर डि क्रीएशन/ १६ मे, कुवेत। धुन नेपालको प्रस्तुतिमा “अनुसन्धान” बोलको गीत हालै मात्र सार्वजनिक भएको छ । जनता डिजिटल एण्ड फिल्मको ब्यानरमा तयार गरिएको लोकदोहोरी गीत अनुसन्धान बुधबार सार्वजनिक गरिएको हो।

गीतमा गायिका बिष्णु माझी र नवगायक अशोक विकको स्वर रहेको छ । गीतमा शब्द सागर रेग्मीका हुन् भने लय किशोर खत्रीले गरेका छन् ।

निर्देशक डि आर सुजनको निर्देशनमा रहेको गीतमा मोडल किशोर खत्री, आयुष्मा कार्की, लक्ष्मी गिरी, बिबिषा पोखरेल, राजु गैरे, कृष्ण पहाडी, मनिकुमार राई, हुक्का दादा र सुनिता वाईवा लगायत कलाकारहरुको अभिनय छ ।

रेशम दर्लामी र दिपक गिरीले छायांकन गरेको उक्त गीतलाई अमृत चापागाईले सम्पादन गरेका हुन् । सो गीतको म्युजिक भिडियोलाई धुन नेपालले बजार व्यवस्थापन गरेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।https://youtu.be/wSpDG3n1E8w

rdcreation
rdcreationhttp://www.rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। बिजय धामी आर डि क्रियशन अनलाइन डटकम को संचालक पनि हुन् ।
सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू