काठमाडौं । आगामी २ फागुनका लागि तय भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको साधारणसभा तथा निर्वाचन १७ असारमा सम्पन्न हुनेगरी सर्ने भएको छ । हाल व्यवसायीले उठाएका जटिल मुद्दाहरू’bout विस्तृत छलफल गर्नुपर्ने र संघको प्रशासनिक भवन’bout उठान भएका केही विषयलाई समेत टुंगोमा पु-याउन यसअघि तोकिएको २ फागुनको समय कम भएको भन्दै संघले सो निर्वाचनको मिति आगामी १७ असारमा सार्ने निर्णय गरेको हो ।
असार १७ गते संघ स्थापना दिवसमा निर्वाचन गर्ने निर्णय
संघका महासचिव मेघनाथ भुर्तेलले आइतबार राति राजधानी दैनिकलाई यस्तो निर्णय भएको जानकारी गराएका हुन् । उनले व्यवसायीले उठाएका जटिल मुद्दा’bout विस्तृत छलफल गर्नुपर्ने र संघको प्रशासनिक भवन’bout उठेका केही विषयलाई समेत टुंगोमा पु¥याउनुपर्ने भएकाले संघले आगामी १७ असारमा संघको स्थापना दिवसको दिन सो निर्वाचन र साधारणसभा सम्पन्न गरिने आधिकारिक निर्णय भएको बताए ।
उनले यसअघि वैदेशिक रोजगार व्यवसायीले उठाएका वैदेशिक रोजगार ऐन संशोधनलगायत धेरै मागका ’boutमा सरकारसँग छलफल गरी सहमतिमा पुग्नुपर्ने भएकाले संघले आगामी निर्वाचनको मिति सार्ने निर्णय गरेको बताए । संघले यसअघि निर्धारित निर्वाचनको दिन आउन ५ दिन मात्र बाँकी रहेको अवस्थामा तयारी नपुगेको र केही व्यवसायी संस्थाबीचको लफडाका कारण तोकिएको मितिमा निर्वाचन नहुने निर्णय भएको जनाएको छ ।
अहिले स्थगित भएको निर्वाचन अब संघको स्थापना दिवसका दिन १७ असार २०८२ मा हुने निर्णय भएको भुर्तेलले बताए । उनले व्यवसायीले उठान गरेका विभिन्न मुद्दा, संघको भवन बनाउने, विधान संशोधनलगायतका विषयमा हाल व्यवसायीबीच चरम विवाद उत्पन्न भएपछि तोकिएको मितिमा निर्वाचन गर्न असम्भव भएको बताए ।
सो साधारणसभा तथा निर्वाचनको मिति सार्ने संघको निर्णयमा व्यवसायीहरूले भने विरोध जनाएका छन् । चुनावी प्रक्रिया नै अघि बढिसकेको अवस्थामा एकाएक सार्ने निर्णय गरिएको भन्दै व्यवसायीहरूले विरोध जनाएका हुन् ।
निर्वाचन सार्ने निर्णयप्रति असहमति जनाउँदै नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन, माओवादी निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, एकीकृत समाजवादी निकट एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनले संघमा ज्ञापनपत्र बुझाएका छन् ।
यसअघि, संघको आगामी २ फागुनमा हुने भनिएको सो निर्वाचनका लागि राजनीतिक दल निकटका व्यवसायी एवं भ्रातृ संस्थाहरूमा आबद्ध व्यवसायीहरू भिन्दाभिन्दै समूह बनाएर चुनावी मैदानमा उत्रिएका थिए । अहिले सो निर्वाचनका लागि वैदेशिक रोजगार व्यवसायीबीच तीनवटा समूहसमेत सार्वजनिक भइसकेको थियो । लोकतान्त्रिक एसोसिएसन र गणतान्त्रिक एसोसिएसनले अध्यक्षका प्रत्याशी उम्मेदवार भुवनसिंह गुरुङको नेतृत्वमा आफ्नो समूहको उम्मेदवारी घोषणा गरेका थिए । यसैगरी, लोकतान्त्रिक एसोसिएसनकै असन्तुष्ट व्यवसायीले अध्यक्षका प्रत्याशी उम्मेदवार कुमुद खनालको नेतृत्वमा अर्को समूहको उम्मेदवारी सार्वजनिक गरेका थिए । यस्तै, एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनले अध्यक्षका प्रत्याशी उम्मेदवार नरेश गेलालको नेतृत्वमा आफ्नो समूहको उम्मेदवारी सार्वजनिक गरेको थियो ।
सो निर्वाचन आगामी १७ असारमा सार्ने संघको आइतबारको निर्णयविरुद्ध एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनले संघको साधारणसभा तोकिएकै मितिमा गर्नुपर्ने माग गरेको छ । जसका लागि आइतबार साँझ नै संगठनले संघलाई एक ध्यानाकर्षणपत्र पठाउँदै तोकिएकै मितिमा साधारणसभा र निर्वाचन गर्न आग्रह गरेको छ ।
सो संगठनलगायत विभिन्न तीनवटा संस्थाले साधारणसभाका लागि प्रक्रिया पनि अघि बढिरहेको अवस्थामा साधारणसभा सार्ने वा ढिलाइ गर्ने प्रयास भइरहेको भन्दै संघको स्वायत्तता र लोकतान्त्रिक प्रक्रियाको सम्मान गर्दै तोकिएको मितिमै साधारणसभा सम्पन्न गर्नुपर्ने माग गरेको छ ।
निर्वाचन सार्ने निर्णयप्रति असहमति जनाउँदै कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन, माओवादी निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, एकीकृत समाजवादी निकट एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनले संघमा ज्ञापनपत्र नै बुझाएका छन् । संघले २ फागुनमा निर्वाचन मिति तय गर्दै गत २५ माघसम्म सदस्यता नवीकरणको सूचना निकालेकामा करिब ८ सय म्यानपावरले सदस्यता नवीकरण गराइसकेका थिए ।
(Visited 11 times, 1 visits today)




