22.1 C
Kathmandu
Saturday, May 24, 2025
spot_img
Homeगृहपृष्ठशिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त, बिहीबार शपथ RD Creation

शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त, बिहीबार शपथ RD Creation

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा एमालेका सांसद रघुजी पन्त नियुक्त भएका छन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई मन्त्री नियुक्त गरेका हुन् । 

यसअघि सोमबार निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएपछि उक्त मन्त्रालय नेतृत्वविहीन थियो । शिक्षक आन्दोलनको दबाबका बीच भट्टराईले राजीनामा दिएको २ दिनमा प्रधानमन्त्री ओलीले पन्तलाई मन्त्रालयको जिम्मेवारी सुम्पेका छन् ।

नवनियुक्त मन्त्री पन्तको बिहीबार शपथ ग्रहण गराउने बुझिएको छ । यद्यपि शपथ ग्रहको समय तय भइसकको छैन ।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १९:०८

- Advertisement -



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments