HomeEnglish Newsसंविधान संशोधनका लागि कार्यदल बनाउने संयन्त्र बैठकको निर्णय

संविधान संशोधनका लागि कार्यदल बनाउने संयन्त्र बैठकको निर्णय

सरकारको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय गरेको छ।

शुक्रबार (आज) साँझ प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको संयन्त्रको बैठकले संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय गरेको गृहमन्त्रीसमेत रहेका संयन्त्रका सदस्य रमेश लेखकले जानकारी दिए।

यसबारे विस्तृत छलफलका लागि शनिबार (भोलि) बिहान ११ बजे सत्तारूढ गठबन्धनको बैठक बस्दैछ। उक्त बैठकमा थप छलफल भएपछि कार्यदल बन्ने बताइएको छ।

गत असार १७ गते मध्यराति संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता गठबन्धन बनाई नयाँ सरकार गठन गर्ने सातबुँदे समझदारी हुँदा संविधान संशोधन मुख्य कार्यक्रम भनिएको थियो।

तर, अहिलेसम्म यसको प्रक्रिया अगाडि नबढ्दा सरकार आलोचित हुँदै आएको छ। यसर्थ, सरकारले कार्यदल बनाउने निर्णय गरेको हो।

प्रकाशित: २ फाल्गुन २०८१ २२:१२ शुक्रबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments