विश्वको सर्वोच्च शिखर क्याम्प १ मा शनिबार साँझ एक रुसी पर्वतारोहीको मृत्यु भएको हो ।सगरमाथा आधार शिविरका स्रोतका अनुसार शनिबार साँझ करिब ७ः१५ बजे क्याम्प १ मा बिरामी परेपछि पाभेल कोस्ट्रिकिनले अन्तिम सास लिए । सगरमाथा आरोहणका लागि परिक्रमा गर्ने क्रममा उनको निधन भएको हो ।खराब मौसमका कारण हिजो दिनभर हवाई उद्धारको प्रयासमा बाधा पुगेको जानकारी प्राप्त भएको छ ।मौसमले अनुमति पाएपछि उनको पार्थिव शरीरलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइने आधार शिविरका अधिकारीहरुले जनाएका छन् । सेभेन समिट क्लबले सञ्चालन गरेको आरोहण अभियानको एक हिस्सा पावेल थिए ।शनिबार साँझ ११ सदस्यीय शेर्पा टोलीले विश्वको शीर्षमा आरोहण मार्ग खुला गरेपछि अधिकांश आरोहीहरू सगरमाथाको चुचुरोको तयारीमा जुटेका छन् ।
साभार : हिमालयन टाईम