Skip to main content

Rd Creation

सबैको साथ पाए म संगीतबाटै करियर बनाउँछु: गायिका सुजना रूम्बा

लनम तामाङ/ २८ माघ, काठमाडौ। सानै उमेर देखि गित सांगीतलाई आफ्नो करियरको रुपमा अंगाल्दै आएकि नव गायिका सुजना रुम्बा यतिबेला निकै चर्चामा छिन। रुम्बाको पहिलो “तिमी आयौ र पो यो जीवनमा” भन्ने गितले धेरै दर्शकहरुको मन जित्न सफल भएको थियो । उनको “चोखो माया गर्ने अनि बिश्वास गर्ने” बोलको दोस्रो गितले पनि निकै चर्चा पाएको छ।

Advertisements

पछिल्लो समयमा “ओई च्याङ्बा ओई च्याङ्बा” र अन्तिम पटक रेकर्ड भएको गीत “लौन च्याङ्बाले पिरती लाउँ भन्छ” बोलको गीतले धेरै दर्शनहरूको मन ताबेको छ।

गायिका रुम्बा मकवानपुर जिल्ला हेटौंडा नगरपालिका वडा न. १५ रातो माटेमा जन्मिएकी सुजना करिब सात बर्षदेखी सांगितिक भिँडमा संघर्षरत छिन। उनी यतिबेला काठमाण्डौ बानेश्वरमा बसोबास गर्दै आएकी छन। सांगीतिक क्षेत्रलाई आफ्नो करियर सम्झने नव गायिका सुजनाले आफ्नै ब्युटी पार्लर व्यवसायलाई समेत सँगसँगै अघि अघि बढाइरहेकी छिन।

तामाङहरुको महान चाड सोनाम ल्होछारको अवासरमा तामाङ समाज मलेसिया, म्हारम्हेन्दो कलाकार संघ र तामाङ समाज पेनाङको संयुक्त आयोजनामा मलेसियाको क्वालालम्पुर स्थित होटेल एरिना स्टारमा भएको एक ल्होसार संस्कृतिक कार्यक्रममा थुप्रै दर्शक च्याङ्बाहरूलाई नचाएकि छिन। उनको यो प्रस्तुतिले पनि भन्न सकिन्छ कि उनको सांगितिक भविस्य निक्कै उज्ज्वल छ।

Advertisements

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.