Friday, January 16, 2026
spot_img
HomeEnglish Newsसरकारले गैरआवासीय नेपालीहरुको लागि छुट्टै सम्यन्त्र बनाउने

सरकारले गैरआवासीय नेपालीहरुको लागि छुट्टै सम्यन्त्र बनाउने


परराष्ट्र मन्त्री आरजु राणा देउवाले गैरआवासीय नेपालीहरुको लागि छुट्टै सम्यन्त्र बनाउने गरी प्रक्रिया अघि बढाइएको बताउनुभएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलसंग आइतवार सिहंदरबारस्थित मन्त्रालयको कार्यकक्षमा छलफल गर्दै विश्वभरका गैरआवासीय नेपालीलाई हेर्ने गरी विशेष संयन्त्र नै बनाउने काम भइरहेको उल्लेख गर्नुभएको हो ।

गैरआवासीय नेपाली नागरिकताका सम्बन्धमा हाल आएको अध्यादेश अस्थाथी प्रबन्ध मात्रै भएको र आगामी हिउँदे अधिवेशनमार्फत उक्त अध्यादेश प्रतिस्थापन गर्दै संविधानमा प्रावधान भएअनुरुप नै गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्नेमा सबै दलका नेताहरु सकारात्मक रहेको उहाँको भनाई थियो ।

उक्त अवसरमा संघका अध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपाली ऐनलाई परिमार्जन र आवश्यकता अनुसार परिवर्तन गर्न अनुरोध गर्नुभएको थियो । जवाफमा मन्त्री राणाले गैरआवासीय नेपाली ऐन परिवर्तन गर्नका लागि संसदमा लैजाने तयारी भइरहेकोले गैरआवासीय नेपालीकै पक्षमा छिट्टै ऐन आउने आश्वासन दिनुभयो ।

उक्त अवसरमा संघकी उपाध्यक्ष रोजिना प्रधान राई, सहकोषाध्यक्ष कृष्ण तिमल्सीना र एसिया प्यासिफिक क्षेत्रीय संयोजक हरि भट्टराई , नागरिकता निरन्तरताका फोकलपर्सन सरोज दाहाल लगायत उपस्थित थिए ।


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments