Thursday, January 22, 2026
spot_img
Homeगृहपृष्ठसरकारले नेपाल तामाङ घेदुङका अध्यक्षलाइ सुकुम्बासी बनाए

सरकारले नेपाल तामाङ घेदुङका अध्यक्षलाइ सुकुम्बासी बनाए

आर डि क्रीएशन/ अक्टोबर ३१ कुवेत। उदयपुर त्रीयुगा नगरपालिका स्थायी निवासी नेपाल तामाङ घेदुङका केन्द्रिय अध्यक्ष मोहन गोलेको आफ्नो भएजति सबै एक कट्ठा जग्गा नेपाल सरकारले खोसिदिएपछी अध्यक्ष गोले सुकुम्बासी बनेका छ्न। उदयपुर, त्रीयुगा नगरपालिका वडा नं ४ निवासी गोलेकी श्रीमती आशमाया तामाङको नाममा रहेको जग्गा नापी शाखा र जिल्ला मालपोत कार्यलयको चरम लापरबाहीको कारण सडकमा पास भएको पाइएपछी गोले परिवार सुकुम्बासी बनेको हो। सडकबाट ६ सय मिटर (आधा किलोमीटर) माथी रहेको जग्गा सडकमा पास भएको देख्दा स्थानियवासिहरु समे अचम्मित बनेका छन। त्यहाँवरपरका कुनै जग्गा सडकले छोएको समेत नहुँदा गोलेको कि. नं ८ झ ५९६ को घरसहितको जग्गा सडकमा पास भएको देख्दा जो कोहि अचम्मित बन्छन।

गोलेले केही महिना अघि आफ्नो जग्गा बेचेर ऋण तिर्न भनी राजिनामा दिन मालपोत कार्यलय पुग्दा मात्र उनको जग्गा सडकमा पास भएको थाहा पाए। तर उनले बर्सेनि आफ्नो जग्गाको कर भने तिरिरहेका छन।

तत्कालिन नापी शाखा कार्यलय प्रमुख शैलेन्द्रकुमार नेपाली, नापी निरीक्षक राजेन्द्रप्रसाद मण्डल, अमिन सत्यनारायण यादव र खरिदार तस्विरकुमार श्रेष्ठको टोलिले गरेको गम्भिर गलतिका कारण आज गोले परिवार सुकुम्बासी बनेको हो। मालपोत र नापी शाखाले गलती भएको स्वीकारे पनि केही प्रक्रिया अघि बढेको छैन। सडकमा पास भएको जग्गा मन्त्री परिषदको बैठकद्वारा निर्णाय भए मात्र ब्यक्तिको नाममा कायम हुने प्रावधान छ। जसको लागि मालपोत कार्यलय, नापि शाखा र सडक बिभागको सिफारिस चाहिन्छ। तर ती कार्यलयहरुले भने चासो दिइरहेको छैन।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments