9.1 C
Kathmandu
Saturday, February 15, 2025
spot_imgspot_imgspot_imgspot_img
Homeस्वास्थ्यसरकार, एकछिन ...

सरकार, एकछिन खाडिको कामदार भएर सोँच्नुस त!

निर्मल स्याङ्तान- कुवैतमा एम्नेस्टी खोलेको आज ६ दिन भयो फिलिपिन्सका नागरिकहरुलाइ आफ्नो देश लागि सक्यो। आज सम्म पनि नेपाली नागरिकले जान पाउने या न पाउने अत्तो पत्तो छैन।

हुनत नेपालमा पनि चारै तिर लकडाउन छ। ठुलै समस्या संग जुधिरहेको छ। नेपाल सरकार, यता दूतावासमा बुजे अनुसार हो भने, निरासाजनक देखियो। जहाँ सम्म कुवैत दूतावासले नेपाल सरकार संग अपिल गरि सकेको र सरकार बाट आधिकारिक आदेश आइ नसकेकोले अझै सम्म एम्नेस्टी खोलेको छ। भनेर पनि सुचना सम्म लेख्न सकेको छैन। यसरी ना जबाफ भएर बस्ने कहिले सम्म?

अहिलेको एम्नेस्टिमा गैर कानुनी रुपमा बसेका नेपालिहरु जान नपाउने भयो भने, त्यस पछि कहिले खोल्ने हो थाहा हुन्न। यसरी कुवैत सरकारले आफ्नो देश जानका लागी कानुनी सबै प्रक्रिया, देखि टिकट बस्न खान क्वारेन्टाइनको ब्यबस्था, पुन: कुवैत आउन सक्ने प्रबधान रहेको छ। यति गर्दा पनि नेपाल सरकार भने खान बस्ने क्वारेन्टाइनको ब्यबस्थापन गर्न पनि सक्षम देखिएको छैन। भन्ने कुरा आउदा दु:ख लागेर आउँछ। यतिबेला कोरोनाको कारण कुवैतको माहोल पनि अतिनै दयनीय बन्दै गएको छ। भोलि यहाँ कुनै बिकराल रुप लियो भने कानुनी रुपमा काम गर्दै बस्नेहरु त कुनै बेला जान सकिएला।

तर यी लगभग अन्दाजी तीन हजार देखि चार हजार सम्म रहेका गैर कानुनी भएर बस्नेहरुको हालत के होला? यो कुरा सबै भन्दा ठूलो बिषय हो। त्यसैले यो बेला इलिगल नेपालीहरुलाइ नेपाल पठाउने ब्यबस्थापन नेपाल सरकार र दूतावास कुवैतले छिटोभन्दा छिटो मिलाइ दिइयोस। यदि चाडै सरकारले यो कुरा बुजे कोरोना रहित नेपालीहरु लैजान सकिने छ। मेरो ब्यक्तिगत बुझाइमा सुरक्षित नेपाल लैजानको लागि दूतावासले निम्म उपाएहरु अबलम्बन गरेमा अबैधानिक नेपालीहरु नेपाल सहज र सुरक्षीत रुपमा पुग्न सक्ने छन।

१.नेपाली राजदुतावासले MOH लाई अनुरोध गरि १५ दिन अगाडी नै सम्पुर्ण गैर कानुनी रुपमा रहेका नेपाली नागरीकलाइ कोरोना टेस्ट गर्न लगाइयोस। यदि कोरोना संक्रमण देखिएमा उपचार्थ तुरुन्तै आइसुलेशन पठाइयोस।

२.१५ दिन पछि फेरि कुवैत सरकारले पुन: चेक गरेमा WHO को मान्यता अनुरुप हुने हुदा नेपालमा जाने कुनै पनि नेपाली नगरिकले कोरोना संक्रमण भै जाने सम्भाबना कम रहने छ।

३.यी सबै प्रक्रिया पूरा गराउनको लागि नेपाली दूतावासलाई सहयोग गर्न गैर आवासिय नेपाली संघ कुवैत लगाएत सबै संघ सस्था, संगठनहरु मिडियाहरुबाट हुनु पर्दछ।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
spot_img
RELATED ARTICLES
- Advertisment -spot_imgspot_imgspot_imgspot_img

सबैभन्दा लोकप्रिय

हालसालैका टिप्पणीहरू