Skip to main content

Rd Creation

सवारी दुर्घटनामा परि कुवेतमा फेरि एक जना नेपालिको निधन

दिलकुमार पाख्रीन/ २३ डिसेम्बर, कुवेत। सवारी दुर्घटनामा परि कुवेतमा फेरि एक जना नेपालिले ज्यान गुमाएका छन। लगभग ११ बर्षदेखी एसिको (ACICO) सिमेन्ट कम्पनिमा कार्यरत अन्दाजी ४५/४६ बर्षिय नुवाकोट साविकको मदनपुर गाविस वडा नं ९ का सन्तबहादुर तामाङ्को हिजो अर्थात २२ डिसेम्बरका दिन सावारी दुर्घटनामा परि उपचारको क्रममा कुवेतको अदान हस्पिटलमा निधन भएको छ। लगभग दिउँसो साढे तीन बजे दुर्घटना भए पछि कुवेत पुलिसको सहायतामा तत्काल हस्पिटल पुर्‍याइएको थियो। उपचारको क्रममा साँझ ६ बजेतिर उनको बिधन भएको उनको भान्जा सुरेन्द्र तामाङले आर डि क्रीएशनलाइ जानकारी दिएका छन।

Advertisements

यश बिसयमा दूतावासमा कुरा गर्दा नेपाली दोइतासका द्वितीय सचिव ज्ञानबहादुर मगरले यश बिसयमा जानकारी आइसकेको र उनको कम्पनि संग सहकार्य गर्दै शव नेपाल पठाउने प्रक्रिया अघि बढिरहेको जानकारी दिएका छन। उनको जानकारी अनुसार मृतकको कानूनी अवस्था हेरि ५/६ दिनमा शवलाई नेपाल पाठाउने तयारिमा रहेको बताएका छन। शव अहिले फर्वानिया हस्पिटलको शव गृहमा राखिएको छ।

Advertisements

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.