Tuesday, January 13, 2026
spot_img
Homeस्वास्थ्यसहयोगको अपिल

सहयोगको अपिल


आर डि क्रीएशन/ २९ डिसेम्बर, कुवेत। टेम्के मयुङ गाउँपालिका-४ दिल्पा नागी भोजपुरका ४४ बर्षिय सन्तोष कुमार राई ब्रेन ट्युमर भएर गत जेष्ठ महिनामा अपरेसन गरिएको थियो। उनको ट्युमर पुनः बल्झिएपछी विगत एक महिनादेखी काठमाडौ मेडिकल कलेजमा आइ सि युमा उपचाररत छन। मध्यम परिवारका सन्तोषले उनका पहिलो उपचारका क्रममा आफ्नो आर्थिक क्षमता भन्दा धेरै खर्चिसकेका थिए। पुनः उपचार गराउँदा लगभग १५ लाख लाग्ने उनका उपचारमा संलग्न डाक्टरले बताएपछी उनको परिवारमा बज्रपात परेको छ।

पहिले नै उनका उपचारमा १२/१३ लाख खर्चिनुपर्दा ऋणमा छन उमिहरु। पुनः उपचार गराउन त्यति ठूलो रकम लाग्ने डाक्टरको सल्लाह सुन्दा त्रसित छन उनकि श्रीमती अनुकला राइ। त्यसैले उनले आफुसंग भएको एउटै मात्र बिकल्प रोज्न बाध्य भइन देश विदेशमा रहेका नेपाली संघ संस्था तथा दाजुभाइ दिदिबहिनिहरुलाइ सहयोगको अपिल गर्ने। त्यसै अनुरुप उनले मानवताको नाताले देश विदेशमा रहेका संघ संस्था तथा नेपाली दाजुभाइ दिदिबहिनिहरुलाइ उनका श्रीमान सन्तोष कुमार राइको उपचारमा आर्थिक सहयोग गरि बचाउनको लागि अपिल गरेकी छन।

बिरामी सन्तोष कुमार राई काठमाडौ मेडिकल कलेज (KMC) मा बिगत १ महिना देखि अचेत अवस्थामा उपचाररत छन।

सहयोग गर्न चहानुहुने इच्छुक दाजुभाइ दिदिबहिनिहरुले बिरामिकी श्रीमती अनुकला राइलाइ 00977-9810217750 मा सिधा सम्पर्क गर्न सक्नुहुनेछ।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments