Thursday, January 22, 2026
spot_img
Homeगृहपृष्ठ"सहयोग गर्नु हुने सबै सहयोगि मन हरु लाइ धन्यवाद "

“सहयोग गर्नु हुने सबै सहयोगि मन हरु लाइ धन्यवाद “

अमर खड्का कुवेत जम्मा उठेको रकम १ लाख २६ हजर ४ सय ५८ नेपाली रुपिया  कुबेत मा दुर्घटना मा परि घाइते भएका  खोटाङ का गंगा गुर्मछाने मगर को परिवार दिल कुमारी मगर लाइ पठाएको जानकारि गराउन चहान्छु फेरी पनि सबै सहयोगी मन हरु लाइ हिर्दय देखि आभारि हुदै धन्यवाद दिन चहान्छु| 

खोटाङ बाहारा पोखरी गाउपालिका सुन्तले निवासी वर्ष २७ का गंगा गुर्मछाने मगर छोरा छोरी अनि परिवारको खुशी किन्न भनि एक भारी सपना बोकी विदेश (कुबेत) आएका थिए |अबशोच ! उनका सपनाहरु सपना मै सिमित रहे, रहर अनि इच्छाहरु बिलायर गए। दैब पनि कति निष्ठुरी है गरिब माथि नै खानिदो रहेछ, घर छोडेर आएको केहि महिना मै साहुको ऋण तिर्नु नपाउदैं १६ सेप्टेम्बर  २०१८ को राति डिउटी जाने क्रममा बस दुर्घटनामा परि घम्भिर घाइते भएर केहि महिना सम्म अचेत अवस्थामा रहेका गंगा मगरको स्वास्थ्यमा केहि सुधार भए पनि अहिले सम्म जाहारा हस्पिटलको बेडमा मृत्यु संग लडी रहेका छन्। उता भने परिवारमा रुवाबासी छ। बृद्ध भएका आमा बुवा छोराको पिरले कति पिरोलिएका होलान, ति नावालक छोरा छोरी अनि श्रीमतीको मन कति भक्कनिएको होला। 

कमाउन गएको आफ्नो मान्छे पराइको देशमा यो हालत मा देख्दा कसरी सम्हाल्यो होला मन। हुनेहार दैब नटार भन्छन भएरै छोड्दो रहेछ भाग्य मा जे लेखेको छ। रुएर दु:ख नजादो रहेछ। सहनै पर्दो रहेछ पिडा जति। 

लाउ लाउ खाउ खाउ भन्ने उमेरका ति नवालाक छोरा छोरी लाइ पाल्न अनि पढाउन उनको श्रीमती लाइ धौउधौउ परेकोछ अचेल      गाउँको बसाइ आम्दानी को बाटो केहि नभए पछि दिन प्रति दिन दु:ख माथि समस्या थपिदै गएको छ उनको परिवारमा। सेवा नै  धर्म हो तपाइँ हाम्रो थोरै सहयोगले ठुलो राहत मिल्ने छ त्यसैले मनकारी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहीनीहरु ले सक्दो सहयोग गरि दिन हुन हार्दिक अनुरोध गर्दछु। धन्यबाद|

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments