Skip to main content

Rd Creation

साउदिमा नेपाल तामाङ घेदुङ पूर्वी क्षेत्रीय समिति गठन

आर डि क्रीएशन/ ९ जुन, कुवेत। नेपाल तामाङ घेदुङ पूर्वी क्षेत्रीय समिति साउदी अरबको दोस्रो भेला सम्पन्न भएको छ । समितिको जुन ६ तारीख बिहीबार दमामको सिको गार्डन अगाडी रहेको होलिडेज होटेलमा सम्पन्न भएको हो । उक्त भेलाबाट बिजय लामा (मोक्तान)को संयोजकत्वमा अधिवेशन तदर्थ समिति समेत गठन गरेको छ ।
समितमा सहसंयोजक शम्सेर तामाङ (कृष्ण), महासचिव नवराज तामाङ, सचिव सुवास तामाङ, कोषाध्यक्ष, लालबहादुर लामा, सहकोषाध्यक्षमा सुर्य स्याङ्तान, सहसचिव रोशन तामाङ चयन भएको हो ।
त्यसैगरी सदस्यहरु क्रमशः शुक्र मोक्तान, हिरा भोम्जन तामाङ,सम्झना थिङ, राजकुमार तामाङ, बृखराम तामाङ पाख्रीन, अभिषेक बोम्जन, चन्द्र तामाङ, राममाया तामाङ, पुतली तामाङ, मुना तामाङ, सुकमान तामाङ, धनकुमार तामाङ, संतोष थिङ, करण गोलेलाई चयन गरिएका छन् ।
कोषाध्यक्ष लामाले स्वागत मन्तव्यका क्रममा केन्द्र घेदुङको बिधान भित्र रहेर प्रवासबाट तामाङ समुदायको भाषा, लिपी, धर्म, संस्कृति लगायतलाई संरक्षण गर्नका लागी समिति गठन गरिएको बताए । उनले भने, नेपालमा आउने प्राकृतिक बिपत्तिहरु र साउदीको हकमा कम्पनीले सेवा सुविधाबाट बन्चित गरेका पीडितहरुको उद्धारमा अन्य संघसंस्थासँग समेत हातेमालो गरेर जाने संस्थाको उदेश्य रहेको छ ।
समारोहमा एनआरएनए साउदीका अध्यक्ष नारायण पासवान, तमु धिका अध्यक्ष खेम गुरुङ, नेवा समाजका अध्यक्ष श्रीकृष्ण श्रेष्ठ, मगर संघका कार्यबाहक अध्यक्ष बम बहादुर मगर, एनमिडियाका प्रबन्धक निर्देशक रोशन श्रेष्ठ, प्रवासी एकता मञ्च पूर्वी क्षेत्रका अध्यक्ष बाबुराम तामाङ, नेपाली साझा मञ्चका संयोजक बिष्णु घिमिरे, किरांँत राई यायोक्खा शाखा साउदीका कार्ययबाहक अध्यक्ष सिके चाम्लिङ, कुमाल समाजका अध्यक्ष ओम बहादुर कुमाल, सिर्जना सांस्कृतिक परिवारका सचिव दिलीपकुमार घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
भेला संयोजक तथा कार्यक्रमका सभापति जेनकुमार लामाले झन्डै १ दशक अघि तामाङ समाज गठन गरेका सम्झना गरे । उनले थपे, साउदी भौगोलिक रुपमा ठुलो रहेकाले उक्त समाजले गति नलिएको हो । त्यो ताको अहिलेको जस्तो प्रविधिले फट्को नमारेको भएको पनि गति नलिएको हुनसक्छ । त्यसकारण अबको युग भनेको प्रविधिसँगैको भएकोले पनि समितिले गति लिन्छ भन्नेमा ढुक्क रहेको लामाले दावा गरे ।
समितिका अध्यक्ष बिजय लामाले यसअघि साउदीको जेद्दामा नेपाल तामाङ घेदुङ प्रवास शाखाको गठन भैसकेकाले आफूहरुले पूर्वी क्षेत्रीय समिति गठन गरेर अाघि बढेको बताए । उनले थपे – साउदी घेदुङसँग समन्वयगरी केन्द्रसँग सम्बन्ध पत्र लिने र आगामी ल्होछारसम्ममा अधिवेशन गर्ने बताए ।
सचिव सुवास मोक्तान तामाङले सञ्चालन गरेका कार्यक्रममा राजधानी रियाद पूर्वी क्षेत्रका जुवेल, अल खोबार, दमाम लगायतबाट तामाङहरुले सहभागी जनाएका थिए ।
भेलालाई भव्य बनाउन स्थानीय कलाकार तेम्बा लामा, पुतली तामाङ, मुना तामाङ लगायतले आआफ्नो प्रस्तुति राखेका थिए ।
भेलालाई सम्पन्न गर्न पृथ्वी रिमेट्स, सनराइज कार्गो र बाबुराम तामाङले आर्थिक सहयोग गरेका थिए ।

Advertisements
Advertisements

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.