Skip to main content

Rd Creation

सिन्धुपाल्चोक सेवा समाज कुवेतद्वारा पीडितहरुलाइ आर्थिक सहयोग।

आले च्याङ्बा/४ जुलाई, कुवेत। सिन्धुपाल्चोक सेवा समाज कुवेतले सिन्धुपाल्चोक जिल्लाका विभिन्न तीन पिडितहरुलाई छुट्टाछुट्टै आर्थिक सहयोग गरेका छन। सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं ९ कि ब्लड क्यान्सर पिडित सशी पाख्रीन, सिन्धुपाल्चोक चौतारा सांगाचोकगडी नगरपालिका वडा नं १३ जंगलछापकि दुवै मृगौला पिडित बिष्णुमाया श्रेष्ठ र सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका ६ पेटकुका ब्लड क्यान्सर
विश्वराज बम्जनलाइ सबैलाइ बराबर जनही ११,११५ नेपाली रुपैयाँ आर्थिक सहयोग गरेका छन।

सिन्धुपाल्चोक सेवा समाज कुवेतका कोषाध्यक्ष रोशन पाख्रीन बिदामा नेपाल गएको अवसर पारि तिनै जना पिडितहरुलाइ छुट्टाछुट्टै सहयोग गरेको हो। ८ महिने ब्लड क्यान्सर पिडित विश्व राज बम्जन र ७ बर्षिय सशि पाख्रीन चक्रपथस्थित बाल कान्ति अस्पतालमा उपचाररत थिए तर बिडम्बना विश्वराज बम्जनको भने ब्लड क्यान्सरकै कारण उपचारको क्रममा निधन भएको जानकारि प्राप्त भएको छ। विश्णुमाया श्रेष्ठको भने काठमाडौं सिनामंगलस्थित के एम सि (काठमाडौ मेडिकल कलेज) अस्पतालमा उपचार भैरहेको छ।

सहयोगी मनका धनी सम्पुर्णलाई पिडित परिवारले धन्यवाद व्यक्त गरेका छन।

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.