Wednesday, February 18, 2026
spot_img
Homeखेलकुदसुनसरिको भरौलमा पाँचौं अन्तरास्ट्रिय भरौल गोल्डकप फुटबल प्रतियोगिता २०७८ हुने।

सुनसरिको भरौलमा पाँचौं अन्तरास्ट्रिय भरौल गोल्डकप फुटबल प्रतियोगिता २०७८ हुने।

राम्रो दृष्टि/ २१ अप्रील, कुवेत। बराहक्षेत्र ५, कालाबन्जार, सुनसरीको भरौलमा यहि वैशाख ११ गत्तेदेखी १८ गत्तेसम्म पाँचौ अन्तर्राष्ट्रिय भरौल फुटबल प्रतियोगिता हुने भएको छ। न्यु स्टार क्लव बराहक्षेत्र-५ सुनसरिको आयोजकत्वमा हुन लागेको उक्त प्रतियोगितामा न्यु स्टार क्लब आयोजक, चर्च व्याइज क्लब काठमाण्डौं, त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौं, मल्लिक एस सी सिक्किम भारत, रोलिङ्ग क्लब झापा, गाइघाट फुटबल क्लब उदयपुर, लेखनाथ युनाइटेड क्लब पोखरा, सातदोबाटो युथ क्लब काठमाण्डौं गरि ८ टिमले प्रतिस्पर्धा गर्नेछन।

आयोजक कमिटिले आज सार्वजनिक गरिएको टाइशीट अनुसार बैशाख ११ गत्ते रोलिङ क्लव, झापा र गाइघाट फुटबल क्लव, उदयपुर बिच पहिलो खेल हुनेछ। दोस्रो खेल १२ गत्ते न्यु स्टार क्लव, आयोजक र चर्च ब्वाइज क्लव, काठमाडौ बिच हुने भएको छ। त्यस्तै १३ गत्ते लेखनाथ युनाइटेड क्लव, पोखरा र सातदोबाटो युथ क्लव, काठमाडौ बिच तय भएको छ भने चौथो अर्थात पहिलो राउन्डको अन्तिम खेल १४ गत्ते त्रिभुवन आर्मी क्लव, फुटबल क्लव, काठमाडौ र मल्लिक एफ सि सिक्किम भारत बिच हुने छन।

पाँचौ भरौल अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता २०७८ लाई टुबोर्ग बीयरले प्रायोजन गरेको छ भने यसको संयोजन बराहक्षेत्र नगरपालिकाले गरेको छ। अन्य धेरै संघ संस्थाहरुले सहयोग गरेका छन भने विभिन्न मिडिया हाउसहरुले प्रचार प्रसारका लागि सहयोग गरेका छन।

आज आयोजक कमिटिले खेलको टाइशीट सार्वजनिक गर्दै खेलप्रेमी सम्पुर्ण दाजुभाइ दिदिबहिनिहरुलाइ खेल हेरि खेलाडिको हौसला बढाउन तथा मनोरञ्जन लिन खेल मैदानमा उपस्थितिको लागि अनुरोध गरेका छन। खेल ११ गत्ते बिहान देखि औपचारिक कार्यक्रम गर्दै दिउँसो ठिक ३ बजेदेखी सुरु हुनेछ।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments