7.1 C
Kathmandu
Wednesday, January 22, 2025
Wednesday, January 22, 2025
spot_imgspot_imgspot_imgspot_img
Homeस्वास्थ्यसुनसरिमा एम्ब...

सुनसरिमा एम्बुलेन्स र ट्रक दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु

आर डि क्रीएशन/ १ डिसेम्बर, कुवेत। सुनसरीको कोशी गाउँपालिका ७ हरिपुर चोकमा आइतबार बिहान एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित ७ जनाको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्स र विपरितदिशाबाट आउँदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रकसँग ठोक्किदा एम्बुलेन्सका चालकसहित ७ जनाको मृत्यु भएको हो।

दुर्घटनमा त्रियुगा नगरपालिका १० की ८५ वर्षीया शिवमाया राई, कान्छो छोरा ५० वर्षीय तुलबहादुर, जेठो नाती ३४ वर्षीय दुर्गाधन, कान्छो नाती २८ वर्षीय टेकेन्द्र राई, जेठो ज्वाईं ५५ वर्षीय उद्धव राई, शिवमायाको दिदीको छोरा ३२ वर्षीय दिनेश राई र एम्बुलेन्स चालक त्रिनपा ९ का २८ वर्षीय राजेश दनुवारको घटनास्थलमा नै मृत्यु भएको हो।

८५ वर्षीया वृद्धा। त्यो पनि प्रेसरले हानेर ढलेका बिरामी उपचारपछि सहजरुपले घर फर्किन्छिन् भन्ने परिवारको कमै आशा थियो। अझ भ्यान्टिलेटरमा राखेर फर्काएको बिरामी ! तर पनि सास हुँदै घरका जेष्ठ सदस्य शिवमाया राईको अनुहार हेर्न पाइन्छ भन्ने परिवारलाई ठूलो आशा थियो।

शिव मायाको त अनुहार सास हुँदै परिवारले हेर्न पाएन, हजुर आमालाई सञ्चो पारेर ल्याउँछु भनेर घरबाट बिदा भएर गएका अन्य ५ जनासमेत जीवित फर्किएनन् । हजुरआमासँगै परिवारका सात सदस्यलाई गुमाएपछि उदयपुरको त्रियुगा नगरपालिका १० बोक्से टोल नै शोकमा डुबेको छ।

दुर्घटनामा पति २५ वर्षीय टेकेन्द्र राई गुमाएकी ३ महिनाकी गर्ववती श्रीमती लिला राई र ५५ वर्षीय उद्धव राईकी श्रीमती आशा राई जिल्ला अस्पतालको इमेर्जेन्सीमा बेला–बेलामा मुर्छित छिन्। बेहोस हुँदै ब्यूझिँदै गरेका लिला र आशालाई सम्झाउने र हेर्नेको भिडले आइतबार अस्पताल दिनभर भिड भयो।

जेठो छोरा ३४ वर्षीय दुर्गाधन र कान्छो छोरा २८ वर्षीय टेकेन्द्रको मृत्युले शारीरिक रुपमा अशक्त बुबाआमा गहिरो शोकमा छन्। दुई छोरा र ५० वर्षीय देवर तुलबहादुरको भरमा जीवन निर्वाह गर्दै आएका बुबा ५५ वर्षीय हिराबहादुर राई र ५२ वर्षीय कमला राई थेगिनसक्नु भएको नातीनी दुर्गा राईले बताइन्।

सहमतिपछि आफन्तले शव बुझे

जिल्ला प्रहरी कार्यालयमा आइतबार दिउँसो भएको सहमतिपछि परिवारले शव बुझेका छन्। घटना लगत्तै चालक र सवारीधनी फरार छन्।

सवारीधनी सम्र्पकमा नआएपछि जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रहरी पवक्ता विनोद शर्मा र पीडित परिवारबीच सहमति भएको हो। सहमतिमा सवारी धनीलाई यथाशिघ्र पक्राउ गरी कानुनी दायरमा ल्याउने र प्रचलित व्यवस्थाअनुसार ट्रक र एम्बुलेन्सबाट क्षतिपूर्ति उपलब्ध गराउने भनिएको छ।

दाहसंस्कार सोमबार
आइतबार शवको पोष्टमार्टममा ढिलाई भएपछि परिवारले सोमबार शवको दाहसंस्कार गर्ने भएका छन्। उनीहरुको शव आइतबार जिल्ला अस्पतालको पोष्टमार्ट गृहमा राखिएको छ।

सोमबार बिहान आफ्नो संस्कारअनुसार त्रिनपा ११ स्थित जंगलमा उनीहरुले सामूहिक दाहासंस्कार गर्ने तयारी गरेको आफन्त गजेन्द्र राईले बताए। सामुहिकरुपमा दाहसंस्कार गर्ने तयारी भएको आफन्त गजेन्द्र राईले बताए।
साभार: अन्नपूर्ण पोस्ट

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

- Advertisment -spot_imgspot_imgspot_imgspot_img

Most Popular

Recent Comments