Friday, January 16, 2026
spot_img
Homeगृहपृष्ठसुनुवार सेवा समाज शाखा कुवेतको दोश्रो अधिवेशन अध्यक्षमा भक्त राम सुनुवार (जिजिचा)...

सुनुवार सेवा समाज शाखा कुवेतको दोश्रो अधिवेशन अध्यक्षमा भक्त राम सुनुवार (जिजिचा) चयन

कुवेत -“पहिचान र समानताको लागि प्रतिबद्वता” भन्ने मुल उदेश्यको साथ २०१६ मा स्थापना भएको सुनुवार समाज कुवेतको आठौं वार्षिकोत्सव तथा दोश्रो अधिवेशन हिजो निती ४ अक्टोबर २०२४ को दिन कुवेतको खैतान स्थित राजधानी होटलको सभाहलमा सम्पन्न भएको छ। सम्पन्न अधिवेशन बाट अध्यक्ष भक्त राम सुनुवार (जिजिचा)को नेतृत्वमा ३१ जानको कार्यसमिति सर्वसम्मत चयन भएको छ।

भक्त राम सुनुवारको सभाध्यक्षता,नेपाली राजदूतावास कुवेतकी प्रमुख अतिथि काउन्सेलर सुजनी राना, विशिष्ट अतिथिहरुमा एनआरएन एनसीसी कुवेतका अध्यक्ष रणध्वज लामा, आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तमाङ,अतिथीहरुमा विभिन्न राजनितीक दलका भातृ संगठनका प्रमुख एवं प्रतिनिधीहरू,कुवेतमा कृयाशिल मिडिया हाउसका पत्रकारहरू,विभिन्न संघ संस्थाका पदाधिकारी एवं प्रतिनिधिहरू साथै समाजसेवी/वुद्धिजीवीहरू अतिथि रहेका थिए।

कार्यक्रमलाई NRAN कुबेतका सचिब (रोशन राई)ले संचालन गरेको कार्यक्रममा राष्ट्रिय गान पश्चात सभापति,प्रमुख अतिथि,विशिष्ट अतिथि द्वारा सयुक्त रुपमा पानसमा दीप प्रज्वलन र केक काटेर उद्घाटन गरिएको कार्यक्रममा समाजको उपाध्यक्ष (जयप्रकाश सुनुवार) ले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अतिथि,लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए।

सुनुवार सेवा समाज (शाखा) कुबेतले आफ्नो स्थापना काल देखीनै आफ्नो भाषा, धर्म सस्कृती, रितिरिवाज,परम्परा जगेर्ना सम्बर्द्धन गर्दै विभिन्न सामाजिक तथा आर्थिक कार्यहरु गर्दै आइरहेको छ। कार्यक्रम लाई थप आकर्षक गर्न सुनुवारहरूको मौलिक झाँकी,समाजका कलाकारहरु बाट सामूहिक गयान,नृत्य प्रस्तुतिले उपस्थित सम्पूर्ण दर्शकलाई भरपुर मनोरञ्जन दिलाएको थियो। समाजले विशेष योगदान गरेका ब्यक्तित्वहरु,सहयोगी संस्था, कलाकार,लाई मायाको चिनो सरुप सम्मान पत्र बाट विशेष सम्मान गरिएको थियो। निर्वाचन समितिले आफ्नो जिम्मेवारी गहनताका साथ निर्वाह गर्दै,निर्वाचित समितिको प्र्मुख जयप्रकाश सुनुवारले नयाँ कार्यसमितिको नामावली समाजलाई बुझाएको थियो।

सुनुवार सेवा समाज कुवेतको निर्वाचित नयाँ कार्यसमिति निम्न्ननुसार रहेको छ ।

कार्यकारिणी समिति:-

१) अध्यक्ष – भक्त राम सुनुवार (जिजिचा)
२) प्रथम उपाध्यक्ष – दिलेन्द्र सुनुवार (दुर्बिचन)
३) द्वितीय उपाध्यक्ष – बिदुर सुनुवार
४) तृतीय उपाध्यक्ष – देवराज सुनुवार
५) महिला उपाध्यक्ष – शान्ती सुनुवार (मुलिच)
६) महासचिव – हेम कुमार सुनुवार
७) सचिब – गंगा माया सुनुवार
८) सहसचिब – मिना देवी सुनुवार
९) कोषाध्यक्ष – देबी बहादुर सुनुवार (क्याब )
१०) सह कोषाध्यक्ष – खुष बहादुर सुनुवार (दसुचा)
११, झाँकी तथा खेलकुद प्रमुख – जयप्रकाश सुनुवार (थुँगुच)
१२, सारा बचत कोश अध्यक्ष – कृष्ण बहादुर तोकुच

सदस्यहरु
१३, सदस्य – गंगा बहादुर सुनुवार (गौरव)
१४, सदस्य – श्री बहादुर सुनुवार
१५, सदस्य – मकान सुनुवार
१६, सदस्य – उमेश सुनुवार
१७, सदस्य – गंगा बहादुर सुनुवार
१८, सदस्य – नरेश सुनुवार
१९, सदस्य – ठाकुर सुनुवार
२०, सदस्य – काजी सुनुवार
२१, सदस्य – अधीराज सुनुवार
२२, सदस्य – ओम माया सुनुवार (लिनुचा)
२३, सदस्य – भिम माया (बिनिशा) सुनुवार
२४, सदस्य – सोम माया सुनुवार
२५, सदस्य – सुशिला सुनुवार
२६, सदस्य – एलिशा सुनुवार
२७, सदस्य – मोहन सुनुवार
२८, मानार्थ सदस्य – कुमारी गुरुङ
२९, मानार्थ सदस्य – कौशाल्यान तमाङ
३०, सदस्य – नन्द बहादुर सुनुवार
३१, सदस्य – सुस्मा सुनुवार
३२, सदस्य – बिकास सुनुवार
३३, सदस्य – तिज बहादुर सुनुवार

संरक्षक तथा सल्लाहकार समिती–
१, संरक्षक – लाल बहादुर सुनुवार
२, सल्लाहाकार – तेज बहादुर सुनुवार
३, सल्लाहाकार – भिम प्रसाद सुनुवार (तोकुच)
४, सल्लाहाकार – जीवन कुमार सुनुवार (याता)

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments