20.1 C
Kathmandu
Wednesday, May 29, 2024
spot_img
Homeगृहपृष्ठसुन्दर परियारको दशैं तिहार गीत यु ट्युबमा सार्वजनिक

सुन्दर परियारको दशैं तिहार गीत यु ट्युबमा सार्वजनिक

आर डि क्रीएशन/४ अक्टोबर, कुवेत। लोक तथा दोहोरी गायक सुन्दर परियारकाे दशैं विशेष गीत “दशैं तिहार आउँदा” को भिडियो युटुब मार्फत बजारमा आएको छ । उक्त भिडियो गायकको आफ्नै युटुब च्यानल “सुन्दर परियार” मार्फत यसै हप्ता बजारमा आएको हो । यस अघि नै ८ वटा भन्दा धेरै गीति एल्बम बजारमा ल्याइ सकेका गायक परियारकाे यस पटकको दशैं तिहार आउँदा बोलको गीत यति बेलाकी चर्चित गायिका सुमधुर स्वरकी धनी शान्ति श्री परियार र गायक स्वयंले गाएका छन् ।
शब्द संयोजन, स्वर र दृष्यको तारतम्य अत्यन्तै मिलेको यो दशैं विशेष गीतले परदेशिएका सम्पुर्ण नेपालीहरूको कारूणिक कथा व्यथालाइ गीत मार्फत ओकलेको छ भने मोडल सारिका केसिले अभिनय मार्फत गीत माथि न्याय गरेकी छन् भने अभिनयमा नारायण परियार, सम्झना कंडेल र रविन परियार तथा बाल कलाकार दिपिका रहेका छन्। यस गीतको लय तथा संगीत संयोजन गायक स्वयंले गरेका छन् भने शब्द कान्छो काल श्री को हो । खड्ग बाजुरालीको मिक्सिङ रहेको यो गीत मालाश्री स्टुडियो काठमाण्डाैं र आरडी कृएशन कुवेतमा रेकर्ड गरिएको हो ।
बिष्णु कुंवरको निर्देशन, जनक अधिकारीको छायांकन र दिपक बिष्टको सम्पादन रहेको यो दशैं विशेष गीतको नेपाली समाजमा सबै भन्दा ठुलो चाडपर्वको रूपमा मानिएको दशैं तिहार केन्द्रत भएर भिडियो बनाइएको छ भने यो भिडियो स्वदेशमा बस्ने परिवारजन र परदेशमा बस्ने परदेशी दुबैको मन छुने र मार्मिक छ । लय, स्वर, संगीत र छायाँकनको सयोंजन मिलेको यो धेरै दर्शक/श्रोताले मन पराउने निश्चित छ ।

rdcreation
rdcreationhttp://www.rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। बिजय धामी आर डि क्रियशन अनलाइन डटकम को संचालक पनि हुन् ।
सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू