22.1 C
Kathmandu
Saturday, May 24, 2025
spot_img
Homeगृहपृष्ठस्वर्णिम वाग्लेको टिप्पणी : थाकेको अल्छी सरकारको बासी कार्यक्रम RD Creation

स्वर्णिम वाग्लेको टिप्पणी : थाकेको अल्छी सरकारको बासी कार्यक्रम RD Creation

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले थाकेको अल्छी सरकारले बासी नीति तथा कार्यक्रम ल्याएको आरोप लगाएका छन् । 

शुक्रवार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमका बारेमा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो आरोप लगाएका हुन् । उनले विगतका सरकारले ल्याएको तर फेल भइसकेका कार्यक्रमहरु सरकारले दोहोर्याएको बताए ।

नीति तथा कार्यक्रमलाई हावादारी कार्यक्रमको संज्ञा दिए । उनले संसारमा भएका विभिन्न परिस्थितिप्रति सरकार बेखबर जस्तो भएर नीति तथा कार्यक्रम ल्याएको बताए । उनले राष्ट्रपतिको स्वास्थ्यलाई ख्याल गरेर सरकारले छोटो नीति तथा कार्यक्रम प्रस्तुत गर्नु सकारात्मक पक्ष भएको भन्दै व्यङ्ग्य गरे । 

उनले भने, ‘एकदमै थाकेको अल्छी सरकारले ल्याएको बासी कार्यक्रम हो । सबै फेल भइसकेका कार्यक्रमहरु दोहोर्याएको छ । भुमि बैंकदेखि लिएर अन्य । नयाँ कुरा केही पनि छैन । अहिलेका प्रधानमन्त्रीज्यु २०७४ सालमा दुई तिहाइ सरकारको  नेतृत्व गर्दै कम्तीमा पनि हावादारी कार्यक्रमहरुको पनि इम्याजिनेशन थियो क्या कल्पनाशिलता थियो, अहिले त हावादारी कार्यक्रमको पनि कल्पनाशितला देखिएन । यत्रो उथलपुथल भइरहेको छ, प्रशान्त महासागरको टापु जस्तो हामी चाहीँ देश दुनियाँमा के  के भइरहेको छ भन्ने बारे कम्ल्पिएट्ली निरपक्ष अनभिज्ञनै भएर ल्याइएको जस्तो । अलगै दुनियाँमा छौँ जस्तो केही मतलवै छैन जस्तो भाछ । यसपाली मलाई खुशी चाहीँ के लागेको छ भने पोहोर २ सय भन्दा बुँदा राखेर विचरा बिरामी राष्ट्रपतिलाई सकस दिएको थियो यसपाली उहाँको सुस्वास्थ्यको ख्याल राखेर अलि छोटो ल्याउनु भयो राम्रो पक्ष त्यतिमात्रै हो ।’

- Advertisement -

सांसद वाग्लेले सरकारले ल्याएको नीति तथा कार्यक्रमका बारेमा आगामी सोमवारको संसद बैठकमा आफ्नो कुरा राख्ने बताए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १९:५४



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments