Skip to main content

Rd Creation

हृदयघातका कारण रसुवाका धनकृष्ण ग्याबाको कुवेतमा निधन

आर डि क्रीएशन/ १९ फेब्रुअरी, कुवेत। कुवेतमा फेरी एक नेपाली युवाको मृत्यु भएको छ । रसुवा जिल्ला घर भएका धनकृष्ण ग्याबाको मंगलबार राती निधन भएको छ। नेपाल कुवेत सरोकार समाजका अध्यक्ष राम तामाङले आर डि क्रीएशनलाइ जानकारी दिएका छन् ।

Advertisements

कुवेतको माहाबुल्लास्थित ब्लक १ मा बस्दै आएका ३२ बर्षिय धनकृष्ण ग्याबाको हिजो मंगलबार राती ८:१५ बजे आफ्नै कोठामा निधन भएको हो। इनास कम्पनिमा चार बर्षदेखी कार्यरत धनकृष्णको हृदयघातबाट ज्यान गएको भनिएपनि उनको मृत्यु बारे सम्बन्धित निकायबाट आधिकारिक जानकारी आएको छैन। उनको शव पोस्टमार्टमका लागि हस्पिटल लगेको बुझिएको छ।

घटना बारे कुवेतस्थित नेपाली राजदूतावासमा सामान्य जानकारी आएपनि विस्तृत जानकारी आउन बाँकी रहेको दुतावासले बताएको छ ।

थप अपडेटका लागि आर डि क्रीएशन हेर्दै गर्नुहोला।

Advertisements

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.