20.1 C
Kathmandu
Monday, September 16, 2024
spot_imgspot_imgspot_img
Homeगृहपृष्ठ१० लाख रुपैयाँ बुझाउन नसके कमललाइ कतारमा मृत्युदण्ड हुने।

१० लाख रुपैयाँ बुझाउन नसके कमललाइ कतारमा मृत्युदण्ड हुने।

दिलकुमार पाख्रीन/१९ फेब्रुअरी, कुवेत। कतारमा मृत्युदण्ड सुनाइएका सिन्धुलिका कमल थिङ बचाउ अभियानलाइ ६ लाख अपुग भएको छ। साविकको कपिलाकोट गाविस वडा नं ४ स्थायी घर भइ हाल मरिण गाउँपालिका वडा नं २ बस्ने ०५६४९९७६ नम्बरको राहदानी वाहक कमल थिङ वैदेशिक रोजगारिको सिलसिलामा ०९ मार्च २०१७ मा कतार पुगेका थिए। कतार पुगेर लगभग १९ महिना काम गरेपछी संगै काम गर्ने साथी घोडाघाँस, धनुषा निवासी रतन राउतको जिस्किने क्रममा ०७ सेप्टेम्बर २०१८ का दिन रतनको मृयु भयो।

कमललाइ कतारी प्रहरिले गिरफ्तार गर्‍यो र क्रीमिनल कोटले ६ महिना जेल र ब्लडमनी स्वरुप २ लाख कतारी रियल वा मृत्युदण्ड फैसला सुनायो। कमल सामन्य परिवारमा जन्मेर हुर्केका हुन। सायद २ लाख कतारी रियल जति पैसा हुँदो हो त कमल रोजगारिको लागि विदेश जाने थिएनन। यो घटना पश्चात नेपालमा कमल थिङकि श्रीमती चिनिमाया तामाङले वैदेशिक रोजगार उद्दार समितिमा कमललाई बचाइदिन भन्दै निवेदन पेश गरिन। वैदेशिक रोजगार उद्दार समितिले कमल थिङ र रतन राउतको परिवारलाइ एकै ठाउँमा राखेर सम्झौता गराएका छन। सम्झौतामा, कमल थिङको परिवार कतारी क्रीमिनल कोटले तोकेबमोजिम २ लाख कतारी रियल तिर्न सक्ने अवस्थाका नरहेका कारण नेपाली १० लाखमा सहमती बनेको छ। एक महिनाभित्र नेपाली १० लाख रुपैयाँ पिडित रतन राउत परिवारलाइ बुझाए बापत कमल थिङ नेपाल फर्कन सक्नेछन। तर हालसम्म कमल थिङ बचाउनका लागि जम्मा ४ लाख मात्र संकलन भए पछि वैदेशिक रोजगार उद्दार समितिले “कमल थिङ बचाउ अभियान” सञ्चालन गरेको छ। उक्त अभियान मार्फत पछिल्लो समयमा तामाङ समाज कतारले कमल थिङ बचाउ अभियानलाइ रु ५० हजार सहयोग गरेको छ।

उक्त सहयोग पश्चात हिजो तामाङ समाज कतारका अध्यक्ष सहितको टोलिले कमल थिङलाइ भेटेका छन। उनको अवस्था निक्कै दयनीय देखेपछि उनलाइ सम्पर्कमा सहजताका लागि एक थान मोबाइल र खानाका लागि केही खर्चको ब्यबस्था गरिदिएको अध्यक्ष तिर्थ थिङले आर डि क्रीएशन संगको कुराकानिमा बताएका छन।

कमलसंगको कुराकानिमा आफू ऋण काढेर कतार आएको र लगभग ऋण सकिने बेला यस्तो घटना आइलागेको बताए। उनका दुई छोरी छन। कमलका पिता बितिसकेको र एक भाइ अपाङ्ग रहेकोले सम्पुर्ण पारिवारिक जिम्मेवारी नै उनिमाथी भएको बताए। उनले आफुले आवेग वा रिसिबिले त्यस्तो घटना नभएको बताए। उनले भने “विचरा रतन अंकल र उनका साथी जिस्किँदै यता उता दौडा दौड गर्दै मेरो अगाडि आए, म काम गरिरहेको थिएँ। मलाई पनि हात हालेरै जिस्क्याउँदै थिए, मैले पनि म काम गर्दैछु अलि पर जानुस भनेर छोएको मात्रै थेँ, न मलाइ दशा लागेको न त्यो अंकलको दिन सक्किएको त्यही वहाँको मृत्यु भयो।”

मलिन स्वरमा उनले थप्दै थे, “मैले थुप्रै समाचारहरु देख्थेँ, रामचन्द्र तिमिल्सिना, प्रेम राई, अनिश खालिङ बचाउन भन्दै आर्थिक संकलन गरेको, मैले पनि धेरै थोरै आहयोग गरेको थिएँ। तर मलाइ के थाहा आज मैले पनि सहयोगको भिख माग्नुपर्छ भनेर। अरु मान्छेको जस्तै मेरो पनि धेरै सपना र पारिवारिक जिम्मेवारी छ। त्यो सबै मैले पनि पूरा गर्नुपर्छ। त्यसौले मलाइ पनि सहयोग गरेर मलाइ बचाइ दिनुहोस।”

यदि तपाइँ पनि कमललाइ बचाउन सहयोग गर्नुहुन्छ भने कृपया चिनिमाया वाइबाको सिभिल बैंअको खाता नं ०४११०३२७०७१०११ मा आर्थिक सहयोग पठाउन सक्नुहुनेछ। अथवा ९८८०५३५३४८ मा सिधा सम्पर्क गर्न सक्नुहुनेछ।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_imgspot_imgspot_imgspot_img

Most Popular

Recent Comments