Thursday, February 12, 2026
spot_img
Homeगृहपृष्ठ११२ जनाले रक्तदान गर्दै तमु समाज कुवेतद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

११२ जनाले रक्तदान गर्दै तमु समाज कुवेतद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

आर डि क्रीएशन/६ जुलाई, कुवेत “रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज, कुवेतद्वारा हिजो ५ जुलाई २०१९ मा आयोजना गरेको वृहत रक्तदान कार्यक्रम कुवेतको सेन्ट्रल ब्लड बैंक जाब्रियामा सम्पन्न भएको छ। समाजद्वारा आयोजित उक्त पवित्र कार्यमा कुवेतवासी नेपालीहरुको उल्लेख्यनिय सहभागिता रहेको थियो भने ११२ जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेका थिए ।

कुवेतका लागि नेपाली राजदूत महामहिम श्री दुर्गा प्रसाद भण्डारी ज्युको प्रमुख आतिथ्यमा सम्पन्न औपचारिक कार्यक्रमलाई ब्लड बैंकका प्रतिनिधि डा. जाबर, पब्लिक रिलेशन हेड मोहाम्मद र तमु समाज कुवेतका अध्यक्ष राजु गुरुङ द्वारा संयुक्त रुपमा रिबन काटेर समुद्घाटन गरेका थिए । औपचारिक कार्यक्रममा सभालाई सम्बोधन गर्दै महामहिम राजदूतले तमू समाजले गरेको यस मानविय कार्यको लागि आयोजक र सहभागी हुन आउने सम्पूर्ण नेपालीहरुलाई धन्यवाद दिदै रक्तदान आँफैमा पुण्य काम हो भने यस्ता किसिमको मानबिय कार्यले कुवेत सरकार सँग नेपालीहरुको सम्बन्ध सुमधुर बनाउन सहयोग पुग्ने विश्वास दिलाउनु भयो, साथै रक्तदान कार्यक्रमको आयोजना गरी सम्पूर्ण नेपालीहरुलाई पुण्य प्राप्त गर्ने अवसर जुटाएकोमा आयोजक तमू समाज, कुवेतलाई धेरै धेरै धन्यवाद दिनु भयो । मन्तब्यकै क्रममा ब्लड बैंकका प्रतिनिधि द्रय डा. जाबर र मोहाम्मदले जीवनमा रक्तदान भन्दा राम्रो कार्य अरु नहुने बदाउदै सम्पूर्ण राक्तदाताहरुलाई खुलेर स्वागत गर्नु भएको थियो।

समाजका उपाध्यक्ष याम गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै समाजका अध्यक्ष एवं छैटौ रक्तदान कार्यक्रमका संयोजक राजु गुरुङले जीबन र मृत्‍युसँग प्रत्यक्ष सरोकार राख्ने कार्यको तमू समाज, कुवेतले आजोजना गर्न गैरहेको र उक्त कार्यमा सहयोग गर्नुहुने नेपाली राजदुताबास, नेपाली सँघ-संस्था, बुद्धीजिबी एवं पत्रकार,सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई सबैलाईलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो साथै यस कार्यक्रमलाई सफल बनाउन बैचारिक रुपमा सहयोग गर्नु हुने अन्तरराष्ट्रिय नेप्लिज ब्लड डोनर्स प्रती हार्दिक कृतज्ञता प्रकट गर्नु भएको थियो । कार्यक्रम बेलुकी ६:३०बजे सम्पन्न भएको थियो भने कार्यक्रममा आउन जानको लागि नि:शुल्क यातायातको ब्याबस्था गरिएको थियो।

रक्तदान कार्यक्रमका बिशेष सहयोगीहरु:

१) यातायात तथा पिउने पानी सौजन्य – तमु समाज कुवेतका सल्लाहकार समिति

२) पेय पदार्थ जुस सौजन्य – भेद गुरुङ र योजान लिम्बु

३) ब्यानर सौजन्य – हिमालय नेपाली रेस्टुरेन्ट, माहाबुल्ला

४) पेय पदार्थ चिया कफी सौजन्य – माया गुरुङ

५) सेनिटेसन आईटम सौजन्य – सरस्वती गुरुङ

६) मगर संघ कुवेत

७) डम्बर रिमाल

यातायात ब्याबस्थानमा सहयोग:
१, शुक गुरुङ
२, किरण गुरुङ
३, रुप गुरुङ
४, सुरेश गुरुङ

टेक्निकल सपोर्ट:
१, याम गुरुङ
२) अमृत गुरुङ

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments