Thursday, February 12, 2026
spot_img
Homeगृहपृष्ठ२१ फेब्रुअरीदेखि कुवेत आगमनमा खुल्ला

२१ फेब्रुअरीदेखि कुवेत आगमनमा खुल्ला

दिलकुमार पाख्रीन/१८ फेब्रुअरी कुवेत। कुवेत सरकारले कोरोना भाइरसको बढ्दो संक्रमणलाइ नियन्त्रण गर्नका लागि गरिएको दुई हप्ते कुवेत आगमन बन्द आगामी २१ तारिबाट खुलाउने भएको छ। २१ फेब्रुअरी पछि कुवेतमा आगमन खुल्ला गरेता पनि आइपुगेका सबैले अनिवार्य संस्थागत क्वारेन्टिन बस्नुपर्ने नियम लागू गरेको छ। तेस्रो राष्ट्रमा १४ दिन क्वारेन्टिन बसेर नेगेटिभ पिसिआर रिजल्ट लिएर आए पछि पनि कुवेत एयरपोर्टमा पुनः पिसिआर गरि सात दिनको लागि संस्थागत (इन्स्टिच्युसनल) क्वारेन्टिन जानै पर्ने नियम लागू गरेको छ।

यो भन्दा पहिले तेस्रो राष्ट्रमा १४ दिन क्वारेन्टिन बसेपछी नेगेटिभ पिसिआर प्रमाणपत्र लिएर आएपछी सिधै होम क्वारेन्टीन पठाइन्थ्यो। त्यसो गर्दा कोरोनाको संक्रमण तिब्र गतिले बढेपछी कुवेत सरकारले यो कदम चालेको हो। होम क्वारेन्टिनको १४ दिने अवधिलाइ पहिलो ७ दिन संस्थागत र पुनः ७ दिनलाइ होम क्वारेन्टिन गरि १४ दिने क्वारेन्टिन पूरा गर्नपर्ने ब्यबस्था लागू गरेको छ।

त्यसो गर्दा विदेशी कामदार झन मारमा परेका छन। तेस्रो राष्ट्रमा क्वारेन्टिन बस्दा नै महंगो परिरहेको बेला झन कुवेत एयरपोर्ट आइपुग्ने बित्यिकै ३० दिनारमा पिसिआर परिक्षण, ७ दिन होटल क्वारेन्टीनको आर्थिक भार थपिँदा झन मारमा पर्ने भएको हो।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments