दिलकुमार पाख्रीन/१६ फेब्रुअरी, कुवेत। आगामी २१ फेब्रुअरी पछि कुवेत आइपुगेका कामदारहरुले अनिवार्य ७ दिन संस्थागत क्वारेन्टिन बस्नुपर्ने भएको छ। संस्थागत क्वारेन्टिनको अवधी सकिएपछी मात्र होम क्वारेन्टिन पठाउने ब्यबस्था गरेको आजको अरवटाइम्स कुवेतले खबर छापेको छ। यो भन्दा पहिले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै होम क्वारेन्टिन पठाउने ब्यबस्था हुँदा कोरोना भाइरसको संक्रमित संख्यामा अत्याधिक बढेको पाइएपछी सात दिन इन्स्टिच्युसनल (संस्थागत) र सात दिन होम गरि दुई हप्ते क्वारेन्टिन बस्नुपर्ने ब्यबस्था लागू गर्ने भएको छ। इन्स्टिच्युसनल क्वारेन्टिन बस्दा होटलको दस्तुर कुवेत सरकारले निम्नप्रकार तोकेको छ।
सात दिन ६ रातको होटलको भाडादर,
5 star सिंगल रुम २७० केडि डबल बेड रूम ३३० केडि
4 star सिंगल रूम १८० केडि डबल बेड रूम २४० केडि
3 star सिंगल रूम १२० केडि डबल बेड रूम १८० केडि
अरबटाइम्स कुवेतको सहयोगमा