7.1 C
Kathmandu
Wednesday, January 22, 2025
Wednesday, January 22, 2025
spot_imgspot_imgspot_imgspot_img
Homeगृहपृष्ठ७ बुँदे घोषणप...

७ बुँदे घोषणपत्र जारी गर्दै पत्रकार महासंघ युरोपको अधिवेशन सम्पन्न, अनलाईन भोटिङ्गको माग

लण्डन । नेपाल पत्रकार महासंघ युरोपको चौथो महाधिवेशन भव्य रुपमा सम्पन्न भएको छ । शनिवार भरर्चुअल मार्फत भएको अधिवेशनले ७ बुँदे घोषणपत्र जारी गरेको छ । घोषणापत्रमा नेपाल पत्रकार महासंघको निर्वाचनमा अनलाईन भोटिङ्गको माग गरिएको छ ।

घोषणापत्रको पूर्णपाठ

नेपाल पत्रकार महासंघ युरोप शाखा
चौथो अधिवेशन, २० फेब्रुअरी २०२१

घोषणा पत्र

नेपाल पत्रकार महासंघ युरोप शाखाको चौथो अधिवेशन आज फेब्रुअरी २० तारिख शनिवारका दिन भब्य रुपमा सम्पन्न भयो ।

नेपाल पत्रकार महासंघ युरोप शाखाको भर्चुअल रुपमा भएको चौथो अधिवेशन सफल पार्न सहयोग पुर्याउने सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद र आभार प्रकट गर्दछौं ।

ब्यस्त समयका बावजूद हाम्रो निम्तोलाई स्वीकार गरी अधिवेशनको उद्घाटन गर्दै सारगर्भित मन्तब्य राख्नु हुने प्रमुख अतिथि माननीय सूचना सन्चार तथा प्रविधि मन्त्री पार्वत गुरुङप्रति हार्दिक आभार प्रकट गर्दछौ । अधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी भएर शुभकामना मन्तब्य राख्नु हुने युरोपका विभिन्न देशका महामहिम राजदूतज्यूहरु, नेपाल पत्रकार महासंघ केन्द्रीय पदाधिकारी तथा सदस्यज्यूहरु, गैरआवासीय नेपाली संघका अन्तर्राष्ट्रिय समन्वय समिति तथा विभिन्न राष्ट्रिय समन्वय समितिका प्रतिनिधिज्यूहरु, विभिन्न देशमा क्रियाशील विभिन्न सामाजिक तथा राजनैतिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, नेपाल पत्रकार महासंघका वैदेशिक शाखाका अध्यक्षहरुलगायत सबैमा हार्दिक धन्यबाद ज्ञापन गर्दछौं ।

नेपाल पत्रकार महासंघ केन्द्रले तोकेअनुसार अहोरात्र खटेर अधिवेशन सम्पन्न गराउन खट्ने केन्द्रीय प्रतिनिधि तथा नेपाल पत्रकार महासंघ बेलायत शाखाका पूर्व अध्यक्ष चिरन शर्मालाई हार्दिक धन्यवाद र आभार प्रकट गर्दछौं । प्राविधिक तथा ब्यवस्थापकीय रुपमा अधिवेशन सफल पार्न विभिन्न जिम्मेवारी लिएर खट्ने कार्यसमितिका पदाधिकारीहरु तथा सदस्य पत्रकार साथीहरु र अन्य सबैलाई पनि धन्यबाद दिन चाहन्छौँ ।

अधिवेशनबाट सर्वसम्मतरुपमा निम्न बुँदाहरु पारित भएकाले त्यसलाई घोषणापत्रको रुपमा सार्वजनिक गर्दछौ ।

१) युरोपमा रहेका नेपाली राजदूताबासहरु, कुटनीतिक निकायहरु, विभिन्न सामाजिक संघसंस्थाहरु गैर आवाशीय नेपाली संघ, विभिन्न राजनैतिक, सामाजिक, क्षेत्रीय, जातीय, भाषिक संघसंस्थाहरुसंग नेपाल र नेपालीको हकहित रक्षाको पक्षमा सहकार्य तथा समन्वय गरेर अघि बढ्नेमा हामी दृढ़ छौं । प्रेस स्वतन्त्रता, पत्रकारिता र पत्रकारको उचित सम्मान र मर्यादा राख्न सम्बन्धित सबै पक्षसंग यो अधिवेशन अपील गर्दछ ।

२) युरोपमा क्रियाशील रहेका श्रमजीवी पत्रकारहरुको सामाजिक सुरक्षाका लागी अक्षयकोष संचालनमा ल्याउने यो अधिवेसन घोषणा गर्दछ । सो कोषबाट श्रमजीवी पत्रकारहरुलाई भैपरी आउन सक्ने आकस्मिक दुर्घटना, जटिल स्वास्थ्य समस्या लगायतका विषयमा आर्थिक राहत उपलब्ध गराइनेछ ।

३) प्रवासमा क्रियाशील रहेका नेपाल पत्रकार महासंघका शाखाहरुलाई नेपालकै शाखासरह मान्यता दिन र आगामी केन्द्रीय महाअधिवेशनमा प्रवासमा रहेका सबै साधारण सदस्यहरुलाई मतदान गर्न पाउने ब्यवस्था गर्न यो अधिवेसन केन्द्रसित जोडदार माग गर्दछ । प्रवासमा रहेका पत्रकारहरुलाई अनलाईन भोटिङ्गको विशेष व्यवस्था पनि हामी माग गर्दछौँ ।

४) युरोपमा रहेका पत्रकारहरुको क्षमता अभिवृद्धिको लागी तालिम तथा अन्य क्षमता अभिवृद्धिमूलक कार्यलाई आगामी दिनमा पनि निरन्तर रुपमा संचालन गर्ने यो अधिवेसन प्रतिवद्धता व्यक्त गर्दछ ।

५) श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षाका लागि यो अधिवेसन सम्बन्धित निकाय र व्यक्तिहरुमा खÞबरदारी गर्दछ । साथै श्रमजीवी पत्रकारहरुबाट प्राप्त हुन आउने उजुरी र गुनासाहरुलाई व्यवस्थित रुपमा सम्बोधनका लागि युरोप स्तरीय “गुनासो डेस्क” स्थापना गर्ने यस अधिवेसन घोषणा गर्दछ ।

६) कोभिड–१९ महामारीबाट प्रभावित सञ्चारमाध्यम र पत्रकारहरुलाई विशेष राहत प्याकेज तत्काल कार्यान्वयनमा ल्याउन हामी नेपाल सरकारसित माग गर्दछौं । स्वरोजगारमूलक मिडियालाई सम्वर्धन र प्रवर्धन गर्न, साथै समानुपातिक विज्ञापन वितरण सुरु गर्न र स्वरोजगारमूलक मिडियालाई प्रदान गरिने लोककल्याणकारी विज्ञापनवापत दिइने भुक्तानी समयमा उपलब्ध गराउन समेत यो अधिवेशन माग गर्दछ ।

७) प्रेस स्वतन्त्रता संकुचित पार्ने कुनै पनि किसिमका नीति, ऐन, कानुन र नियमावली नबनाउन र निर्देशिका जारी नगर्न, प्रेस स्वतन्त्रता, सूचनाको हक एवम् नागरिकको अभिव्यक्ति स्वतन्त्रता सुरक्षित र सुनिश्चित गर्न नेपाल सरकारसंग यो अधिवेशन जोडदार माग गर्दछ ।

साभार: 

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

- Advertisment -spot_imgspot_imgspot_imgspot_img

Most Popular

Recent Comments