Tuesday, April 21, 2026
spot_img
HomeEnglish Newsआजको विदेशी मुद्रा विनिमय दर निर्धारण

आजको विदेशी मुद्रा विनिमय दर निर्धारण

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ४६ पैसा र बिक्री दर १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ।  

युरोपियन युरो एकको खरिद दर १४६ रुपैयाँ ९९ पैसा र बिक्री दर १४७ रुपैयाँ ६३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १७६ रुपैयाँ ४२ पैसा र बिक्री दर १७७ रुपैयाँ १९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिद दर १५४ रुपैयाँ ५१ पैसा र बिक्री दर १५५ रुपैयाँ १९ पैसा कायम गरिएको छ।  

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ८६ पैसा र बिक्री दर ८६ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ २४ पैसा र बिक्री दर ९५ रुपैयाँ ६६ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०१ रुपैयाँ ६६ पैसा र बिक्री दर १०२ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ। 

जापानी येन १० को खरिद दर नौ रुपैयाँ ०५ पैसा र बिक्री दर नौ रुपैयाँ ०९ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ७८ पैसा र बिक्री दर १८ रुपैयाँ ८७ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रुपैयाँ ३८ पैसा र बिक्री दर ३६ रुपैयाँ ५४ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ४४ पैसा र बिक्री दर ३७ रुपैयाँ ६० पैसा कायम भएको छ।  

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिद दर चार रुपैयाँ ०१ पैसा र बिक्री दर चार रुपैयाँ ०३ पैसा, युएई दिराम एकको खरिद दर ३७ रुपैयाँ १५ पैसा र बिक्री दर ३७ रुपैयाँ ३२ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३० रुपैयाँ ७५ पैसा र बिक्री दर ३० रुपैयाँ ८९ पैसा, साउथ कोरियन वन एक सयको खरिद दर नौ रुपैयाँ २९ पैसा र बिक्री दर नौ रुपैयाँ ३४ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १३ रुपैयाँ ५७ पैसा र बिक्री दर १३ रुपैयाँ ६३ पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रुपैयाँ ७० पैसा र बिक्री दर १९ रुपैयाँ ७९ पैसा तोकिएको छ।  

राष्ट्र बैंकले हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ ५४ पैसा र बिक्री दर १७ रुपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिद दर ४४२ रुपैयाँ ५१ पैसा र बिक्री दर ४४४ रुपैयाँ ४५ पैसा, बहराइन दिनार एकको खरिद दर ३६१ रुपैयाँ ९७ पैसा र बिक्री दर ३६३ रुपैयाँ ५६ पैसा, ओमनी रियाल एकको खरिद दर ३५४ रुयैयाँ ४६ पैसा र बिक्री दर ३५६ रुपैयाँ ०२ पैसा रहेको छ। भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकेको छ।  

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ। रासस

प्रकाशित: १७ चैत्र २०८१ ०६:१६ आइतबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments