Monday, April 20, 2026
spot_img
Homeगृहपृष्ठउद्घाटन खेलमा ५ नम्बर विजयी

उद्घाटन खेलमा ५ नम्बर विजयी


साविक विजेता वडा नं. १ लाई २-० गोल अन्तरले पराजित गर्दै वडा नं. ५ बराहक्षेत्रमा जारी तेस्रो बराहक्षेत्र मेयर लिग कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी बनेको छ । 

जितका लागि बराहक्षेत्र-५ का खेलाडी सचिन राईले पहिलो हाफको १९ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । म्यान अफ द म्याच अर्जुन कुवँरले दोस्रो हाफको इन्जुरी टाइममा निर्णायक गोल गर्दै टिमलाई जित दिलाएका थिए । 

तुलनात्मक रुपमा कम अनुभवी खेलाडीलाई मैदानमा उतारेको बराहक्षेत्र-१ ले स्कोर गर्ने अवसरलाई सदुपयोग गर्न नसक्दा हार बेहोर्न पुग्यो । 

‘खेलकुद हाम्रो सान, खेलाडी उत्पादन हाम्रो अभियान’ नाराका साथ तेस्रो बराहक्षेत्र मेयर लिग कप फुटबल प्रतियोगिता – २०८१ आइतबारदेखि सुरु भएको हो । बराहक्षेत्र नगर प्रमुख रमेश कार्कीले प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए । 

नगर खेलकुद विकास समितिका संयोजक कपिल आचार्यको सभाध्यक्षतामा भएको औपचारिक कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कट्वालले स्वागत मन्तव्य व्यक्त गरेका थिए । 

आगामी फागुन २८ गतेसम्म हुने प्रतियोगिताको दोस्रो दिन दुई वटा खेल आयोजना हुनेछन् । सोमबार हुने १ पहिलो खेलमा दिउँसो १ बजे वडा नं. २ र वडा नं. ११ बीच हुनेछ । यस्तै दोस्रो खेल दिउँसो ३ बजेदेखि वडा न ३ र वडा न ९ बीच हुने आयोजकले जानकारी दिएको छ । 




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments