Tuesday, April 21, 2026
spot_img
Homeगृहपृष्ठएक जादुमयी उपचार « News of Nepal

एक जादुमयी उपचार « News of Nepal


नवलपरासी ।

दुई दशक अघि ३० वर्षको कलकलाउँदो युवा उमेरमा अल्सर लगायत ७ ओटा रोगले थलिएका हरि प्रसाद सापकोटा  प्राकृतिक चिकित्साबाट आफूले जादुमयी उपचार पाएको बताउँछन् । उनलाई  स्टाेमेक अल्सर,टन्सिल फेनेन्जाईटिस,पिनास,लाेब्लड प्रेसर,सेभियर कन्स्टिपेसन र एन्जाईटीका कारण डिप्रेसन सम्मका रोगले गालेको थियो ।

यी र यीनै राेग निदानका लागि सापकोटा एलाेपेथि,आयुर्वेदिक, हाेमियाेपेथी र युनानी सम्मका दर्जनाै अस्पताल र क्लिनिक चाहार्दा पनि राेग निकाे नभएपछि जीवनकाे अन्त्य र मृत्युकाे प्रतिक्षामा पुगेको उनी बताउँछन् । तै पनि सापकोटाले अस्पताल धाउने यात्रालाई जारी राख्दै बिकल्पका रूपमा अन्य उपचारकाे खाेजीमा भारत पुगेको र महिनाै महिना सम्मको उपचार र बसाईमा पनि राेग कम  नभएपछि निरास हुँदै  घर फर्केको सापकोटा सुनाउछन् ।

सापकोटाले भने, ‘बाच्ने इच्छा त्यति बेला अझ सशक्त हुँदो  रहेछ जब मानिस जीर्ण र असाध्य रोगबाट ग्रसित हुन्छ’ । त्यही बाच्ने इच्छा र हुटहुटीले आफू कास्कीको पोखरा पुगेको  ३ महिनामै नेचुराेपेथीकाे जादुमयी उपचारले पूर्ण स्वास्थ्य भएपछि सोही संस्थामा ३ वर्ष स्वयंसेवा गरी  घर फर्केको सापकोटाले बताए ।

स्वदेशमै प्राकृतिक उपचारले जीवनदान पाए पछि जन्मथलाे रजहर फर्केका सापकोटाले समाजलाई साे विषयमा जागरूक र सन्तुलित गराउँदै सामाजिक अभियन्ताका रूपमा निरन्तर लागि रहेको स्थानीयहरू बताउँछन् ।

राेग,आत्मबल र उपचारलाई आफ्नो जीवन भोगाइ बनाउँदै   प्रकृति चिकित्साकै विकास, संवर्द्धन र बिरामीका सेवामा बिताउने सापकोटा, स्थापनाकालमा ५२ शय्याबाट सुरु गरिएको सामुदायिक प्राकृतिक चिकित्सालय जहरका एक कुशल व्यवस्थापक हुन् ।

जनस्तरमा धनधान्याचल गरी पूर्वी नवलपरासीकाे मध्य भाग  देवचुली १६ मा २०६४ सालमा स्थापना भएकाे सामुदायिक प्राकृतिक चिकित्सालय र जहर देशकै नमुना नेचुराेपेथी अस्पताल हाे । यहीको  कालिका सामुदायिक वनकाे १० बिगहा जमिन भाेगाधिकार लिई पूर्व पश्चिम राजमार्गकाे करिब १ किलोमिटर दक्षिणमा अवस्थित प्राकृतिक चिकित्सालय सुविधा सम्पन्न भवनहरूका साथ पर्याप्त खुला मैदानमा फैलिएकोछ ।

यस अतिरिक्त बिषयबिज्ञ चिकित्सक, चिकित्सक क्वाटर,ल्याव,प्याथालाेजी युनिट,अडिटरियम, छात्राबास, र निर्माणाधिन थप आधुनिक उपचार भवन यहाँ रहेका छन् ।

मुलुकमै एउटा पनि सरकारी नेचुराेपेथी अस्पताल नभएको  अवस्थामा आवश्यक परे १५ बिगाहा सम्म अतिरिक्त जग्गाकाे व्यवस्था हुने यस संस्थालाई प्राकृतिक चिकित्सालय शिक्षण अस्पतालका रूपमा विकास गर्न प्रस्ताव पत्रसहित स्थानीयले  माग गरेका छन् ।

झन्डै ३ सय शय्या  रहेको यस अस्पतालको पूर्वाधारलाई बढाउँदै विद्यार्थीलाई अध्ययन अध्यापन गराउने प्राकृतिक चिकित्सा शिक्षण अस्पताल, रिसर्च सेन्टर,ज्येष्ठ नागरिक आरोग्य आश्रम या आयुर्विज्ञान विश्वविद्यालयकै रूपमा  संचालन गर्न सबै कुराले याे संस्था उपयुक्त देखिएको जानकारहरू बताउँछन् ।

यस संस्थालाई देशव्यापी याेग र प्राकृतिक चिकित्साकाे महत्त्वलाई उजागर गर्ने थलाेका रूपमा विकास गर्न वर्तमानमा राज्यका तीनै तहले नीतिगत निर्णय लिन हालै एक अन्तरक्रिया कार्यक्रम गरी बिज्ञहरूले सुझाव दिएका छन् ।

चिकित्सालय काेराेनाका बेला भरपर्दो आश्रयस्थल

 बिगतकाे त्रासदी पूर्ण काेराेनाकालमा जिल्लाका काेभिड प्रभावित पत्रकार, राष्ट्रसेवक कर्मचारी, जन प्रतिनिधि,बिदेशबाट आएका नेपालीलाई शतप्रतिसत सफल उपचार दिई ७ सय ८९ जनाले नवजीवन पाएको अस्पतालको गर्विलाे इतिहास छ ।

प्रकृति चिकित्सालय र जहरमा केही दिन अघि भेटिएकी दिलु वाग्ले यहाँको उपचार, केही दिनमै मिलेकाे आराेग्यता र सेवाभावले आफू निकै प्रभावित रहेको बत्ताउँछिन् ।

तनहुँबाट संघीय संसदका लागि पछिल्लो समय बिजयी सांसद स्वर्णिम वाग्लेका माता दिलु आफ्नो ढाड,पेट र थाईराईड सम्बन्धि १० दिने उपचारमा रहेर फर्किएकाे प्राकृतिक चिकित्सालयले जनाएकाे छ ।

यस्तै नेपाली लाेकदाेहाेरी फाँटका सेलिब्रेटीहरू, समाजसेवी ९० वर्षीय गाैरीदेबी प्रधान,सिक्किम निवासी डा.चन्द्रकला शर्मा, पाकिस्तानी नागरिक वाकर अलि खान लगायत ४० हजार बढीले यहाँको उपचार सेवा लिइसकेको बताइएको छ ।

प्रकृति चिकित्सा र उपचार बिधि

आफ्नो १२ दिनकाे बसाइमा ११ थरी ओैषधि  छाडेर निराेगी बन्न सफल पूर्व सभामुख कृष्ण बहादुर महरा हुन् या भारतकाे एक ठूलाे अस्पतालबाट असम्भव भनी डिस्चार्ज गरिएका हाल लुम्बिनी प्रदेशका मुख्यमन्त्री लगायत हजारौं बिरामीले प्राकृतिक चिकित्सालय र जहरकाे सेवा लिई सकेका छन् ।

प्राकृतिक चिकित्सा पद्धतिमा निदानात्मक,प्रतिराेधात्मक र उपचारात्मक विधि अपनाईने हुँदा यसबाट बिरामीको  शारीरिक,मानसिक,भावनात्मक र आध्यात्मिक आयामकाे उपचार हुने बताइन्छ ।

प्राकृतिक उपचारमा जल,माटाे,मालिस,याेग,उपवास,आहार,सूर्यकिरण,क्राेमाे, फिजियाे,अक्युपञ्चर,अक्युप्रेसर जस्ता चिकित्सा लगायत ध्यानका माध्यमबाट सफल उपचार गरिन्छ ।

जुन उपचार पद्धति अन्य उपचार पद्धति जस्ताे खर्चिलो नभै उपचार उपकरण पनि प्रकृति प्रदत्त हुने हुँदा  आहार नै ओैषधि  र ओैषधि  नै आहारका रूपमा प्रयोगमा लिइने चिकित्सकहरू बताउँछन् ।

प्राकृतिक उपचारमा बिरामीको  खाना साेधन मूलक,पुनस्थापना मूलक र पुनर्निर्माण मूलक बस्तु समावेश गराउँदै सात्त्विक,सुपाच्य एवं ऋतु अनुसारका अन्न, काँचाफल,कन्दमूल आदि उपयोग गरी  स्वास्थ्यलाई सदाका लागि स्वास्थ्य बनाइने गरिन्छ । 




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments