Tuesday, April 21, 2026
spot_img
Homeखेलकुदएनआरएनए कुवेत भलिबल प्रतियोगिता हुने : १३ टिम सहभागी, पुरस्कार ५०१ केडी

एनआरएनए कुवेत भलिबल प्रतियोगिता हुने : १३ टिम सहभागी, पुरस्कार ५०१ केडी

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगितामा दुई भुटानी टिम सहित १३ भलिबल कल्वले सहभागिता जनाउने भएका छन ।

कुवेतमा भलिबल इतिहासकै सबैभन्दा ठूलो धनराशि पुरस्कार घोषणा गरिएको यस प्रतियोगिताले यहाँका भलिबल खेलाडीहरूलाई उच्च हौसला दिने र खेलप्रति चासो तथा लोकप्रियता बढाउने विश्वास आयोजकले लिएका छन्।

कुवेतमा रहेका नेपालीसहित भुटानी टिमहरूको सहभागितामा गत बिहीवार सम्पन्न टाइसिटमा पुरस्कार रकम बढाउँदै, खेलाडी र खेललाई व्यवस्थित र मर्यादित बनाउने प्रयास रहेको जनाउँदै उपाध्यक्ष ठकुरीले खेलमा आयोजक तथा रेफ्रीको निर्णायक भूमिका रहने स्पष्ट पारेका छन्।

पहिलो पुरस्कार: ५०१ केडी, ट्रफी, मेडल, प्रमाणपत्र
दोस्रो पुरस्कार: ३०१ केडी, ट्रफी, मेडल, प्रमाणपत्र
तृतीय पुरस्कार – १५१ केडी मेडल, प्रमाणपत्र

प्रतियोगिताबारे:
मिति:१३ सेप्टेम्बर २०२४
स्थान:फाहिल स्पोर्टिङ क्लब
समय:बिहान ८ बजेबाट

सम्पर्क:- 60767749, 67726405, 51003611

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments