Thursday, April 23, 2026
spot_img
Homeविदेशमाकुवेतको फर्वानियामा इल्लिगल बच्चा जन्माएर फोहोरमा फाल्ने नेपाली जोडि पक्राउ।

कुवेतको फर्वानियामा इल्लिगल बच्चा जन्माएर फोहोरमा फाल्ने नेपाली जोडि पक्राउ।

राम्रो दृष्टि/ ३० सेप्टेम्बर, फर्वानिया, कुवेत। केही दिन अगाडि कुवेतको फर्वानियामा एक जोडि नेपाली पक्राउ गरेको छ। उनिहरुले बच्चा जन्माएर फोहोर फाल्ने कन्टेनरमा फालेको कारण उनिहरुलाइ पक्राउ गरिएको हो। अरव टाइम्स कुवेतका अनुसार बच्चा जन्माएर फालेको थाहा पाएपछी अपरिचित फिलिपिनो नागरिकले सम्बन्धित निकायमा लोकेशन सहित जानकारी गराएको थियो। त्यसपछी तुरुन्तै कुवेत पुलिस आइपुग्दा फोहोर फाल्ने कन्टेनर भित्र बच्चा भेटिएको थियो। पुलिस त्यहाँ पुग्दा उनिहरु त्यहिँ नजिकै भेटिएको थियो। उनिहरु अवैध रुपमा बसोबास गरिरहेको कारण यसरी बच्चा जन्माइ फालेको प्रत्यक्षदर्शीको आरोप छ। तर उनिहरु आफुहरुले बच्चाको आमाबुवा नै हौँ भन्ने जिकिर गरेका छन।

उनिहरुलाइ थप अनुसन्धानका लागि सम्बन्धित निकाय पठाइएको समाचार अरबटाइम्स कुवेतले छापेको छ।

पछिल्लो समय नेपाली कामदारहरुद्वारा लागू औषध ओसारपसार, मदिरा उत्पादन तथा ओसारपसार, अवैध सम्बन्धमा रहने जस्ता धेरै किसिमका अवैध र अनैतिक कार्यहरु बढिरहेको पाइएको छ। नेपालबाट समेत आफ्नो श्रीमान/श्रीमती कुवेतमा गएर अरु संग अवैध सम्बन्धमा रहेर घर परिवार संग सम्पर्कमा नरहेकोले उनिहरुलाइ झिकाउन भन्दै NRNA कुवेतमा धेरै टेलिफोन आउन थालेको छ। हिजो मात्रै महोत्तरीबाट थापा थरिकी चेलिले आफ्नो श्रीमान ससुरालिको घर धितो राखेर ऋण लिइ कुवेत पठाएको र दुई बर्ष यता सम्पर्कमा नरहेकोले ऋणको किस्ता तिर्न नसकी घर लिलामीको लागि बैंकले परिपत्र गरिसकेको भन्दै NRNA मा सहयोगका लागि अपिल गरेका छन। उनले उनका श्रीमान कुवेतमा अन्य महिला संग अवैध सम्बन्ध रहेको र आफुलाइ धाक धम्की दिने गरेको बताएकी छन।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments