Homeगृहपृष्ठकुवेतमा नेपाली चेलि लापत्ता, खोजिको लागी परिवारको अपिल :

कुवेतमा नेपाली चेलि लापत्ता, खोजिको लागी परिवारको अपिल :

राज मल्ल/ १२ फेब्रुअरी, कुवेत।  कुवेतमा एक नेपाली चेलि वेपत्ता भएकिछिन । घरेलु महिला कामदारको रुपमा २ बर्ष पहिला कुवेत आएकि सुनसरि धरान – ६ माछाभौडीकि रा. न. (१०२६५७७१) बसन्ति जिमि ( चौधिरि ) विगत १ बर्ष यता सम्पर्क बिहीन भएकि छिन ।
नेपालकि एजेन्ड रिता लिम्बु मार्फ़त कुवेतमा रहेका एजेन्ड राहुल आचार्यको रोहवरमा कुवेत आएकि बसन्ति लामो समय देखि सम्पर्क बिहान हुदा निजको श्रिमान भूबन चौधरिले श्रिमति खोजिको लागी नेपाली राजदूतावास कुवेत, मिडिया , संघ संस्था लगायत सम्बन्धि सम्पूर्ण निकाय तथा आम नेपालीहरुलाई अनुरोध गरेका छन ।
समाचार तयार पार्दा सम्म कुवेतमा एजेन्डको काम गर्दै आएका राहुल आचार्य नेपाल फर्किएको सुचना प्राप्त भएको छ ।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments