HomeEnglish Newsकेयूमा विद्यार्थी आन्दोलित, डिनको अफिसमा ताला

केयूमा विद्यार्थी आन्दोलित, डिनको अफिसमा ताला

काठमाडौं विश्वविद्यालयको मेडिकल साइन्सेजमा अध्ययनरत रेजिडेन्ट विद्यार्थीहरूले डिन अफिसमा ताला लगाएका छन्।

मानसिक रोग विभागका प्रमुख डा. अजय रिसाल र एसोसिएट प्रोफेसर डा. दीपक कुँवरले विद्यार्थीमाथि दुर्व्यवहार गरेको आरोप लगाउँदै उनीहरूले विरोध स्वरूप कार्यालय बन्द गरेका हुन्।

दुर्व्यवहारकै कारण एक विद्यार्थीले आत्महत्याको प्रयास गरेपछि विवाद चर्किएको हो। विद्यार्थीहरूले विभागीय प्रमुख र एसोसिएट प्रोफेसरलाई कारबाही गर्न माग गर्दै आएका छन्। डिन अफिसले कुनै ठोस निर्णय नगरेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

नेपाल मेडिकल काउन्सिल र नेपाल मेडिकल एसोसिएसनले घटनामा चासो देखाउँदै छानबिन थालेका छन्। विद्यार्थीहरूले अध्ययन वातावरण सुधार्न माग गर्दै विरोध जारी राख्ने चेतावनी दिएका छन्।

प्रकाशित: १८ फाल्गुन २०८१ २२:४० आइतबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments