Sunday, April 26, 2026
spot_img
Homeगृहपृष्ठचट्याङ लागेर होटलमा खाजा खाँदै गरेका दुई घाइते

चट्याङ लागेर होटलमा खाजा खाँदै गरेका दुई घाइते


ओखलढुङ्गा : यहाँको चम्पादेवी गाउँपालिका–९ डल्लीडाँडामा चट्याङ लागेर दुई जना घाइते भएका छन् । आज चट्याङको झिल्को लागेर त्यहाँस्थित हरी तामाङको होटलमा खाजा खाँदै गरेका दुई जना घाइते भएका हुन् ।

चट्याङ लाग्दा चम्पादेवी–८ विलन्दुका ३१ वर्षीय चुत्रबहादुर दर्जी र त्यहाँकै पुरानो गाउँ बस्ने गणेश लाखेकी छोरी १६ वर्षीया सविना लाखे घाइते भएकी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । घाइतेको तत्काल उद्धार गरी नजिकैको स्वास्थचौकीमा उपचारका लागि पठाइएको उहाँले बताए ।

चम्पादेवी गाउँपालिकाको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भइरहेको स्थान नजिकै परेको चट्याङको झिल्काले अन्य केही स्थानीय तथा खेलाडीलाई समेत चोट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

+1

0

+1

0

+1

0

+1

0

+1

0

+1

0

Facebook Twitter Email




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments