HomeEnglish Newsच्याम्पियन्स ट्रफी: इंल्यान्ड बाहिरियो, अफगानिस्तानको कीर्तिमानी जित

च्याम्पियन्स ट्रफी: इंल्यान्ड बाहिरियो, अफगानिस्तानको कीर्तिमानी जित

इंल्यान्ड आइसिसी च्याम्पियन्स ट्रफीको लिग चरणबाटै बाहिरिएको छ।

बुधबार अफगानिस्तानसँग ८ रनले पराजित भएसँगै इंल्यान्ड लिग चरणमै रोकिएको हो। इंल्यान्ड पहिलो खेलमा अस्ट्रेलियासँग पराजित भएको थियो। 

आजको जितले अफगानिस्तानको सेमिफाइनल सम्भावना भने कायमै भएको छ। लिग चरणको आफ्नो अन्तिम खेलमा अफगानिस्तानले अस्ट्रेलिया र इंल्यान्डले साउथ अफ्रिकासँग खेल्नेछ।

पाकिस्तानको लाहोरमा ३२६ रनको लक्ष्य पछ्याएको इंल्यान्ड ४९.५ ओभरमा ३१७ रनमा अलआउट भयो। जोए रूटले १२० रन बनाए पनि हार भने टार्न सकेनन्।

इंल्यान्डलाई सस्तैमा समेट्न अजमतुल्लाह ओमरजाइले ५ विकेट लिए।

पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ७ विकेट गुमाएर ३२५ रन बनाएको थियो। उसका लागि इब्राहिम जर्दानले १७७ रन बनाएका थिए।

जोफ्रा आर्चरले ३ विकेट लिएका थिए। च्याम्पियन्स ट्रफीमा बिहीबार आयोजक पाकिस्तान र बंगलादेशबीच खेल हुनेछ।

लिग चरणबाटै बाहिरिएकाले यी दुईबीचको खेल प्रतिष्ठाका लागि मात्र हुनेछ।

प्रकाशित: १४ फाल्गुन २०८१ २३:२४ बुधबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments