Thursday, April 16, 2026
spot_img
Homeगृहपृष्ठजगमान गुरुङले भीमेश्वरबारे दिएको अभिव्यक्ति विवादित, गल्ति सच्याउन आग्रह (विज्ञप्तिसहित)

जगमान गुरुङले भीमेश्वरबारे दिएको अभिव्यक्ति विवादित, गल्ति सच्याउन आग्रह (विज्ञप्तिसहित)


दोलखा । नेपालका संस्कृतिविद डा. जगमान गुरुङले दोलखास्थित भीमेश्वर मन्दिरका सवालमा गलत र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै भीमेश्वर गुठी व्यवस्थापन समितिले उक्त भनाइप्रति आपत्ति जनाइरहेको छ । 

गत माघ  २१ गते विभिन्न समाचार माध्यमहरुमा ‘शैलुङमा भीमसेन तरवार शीला पुजाको तयारी शीर्षक’मा समाचार छापिएका थिए । त्यस्तैगरी यही सन्दर्भमा डा. जगमान गुरुङले गत माघ १४ गते प्रकाशन भएको डिएनए दैनिक अनलाइनमा पनि भीमेश्वर मन्दीरका बारेमा तथ्यहीन र भ्रमक अभिव्यक्ति दिएको भन्दै गुठी समितिले विज्ञप्ति नै जारी गरेर ध्यानाकर्षण गराएको छ । 

जसमा डा. जगमान गुरुङले ‘भीमेश्वरको दर्शन गर्नु अगाडि शैलुङमा रहेको भीमसेनको खड्कोको दर्शन गरे फल प्राप्त हुने’ भन्ने तर्क गरेका थिए । उक्त तर्क तथ्यहीन र भ्रामक भएको भन्दै भीमेश्वर गुठी व्यवस्थापन समिति र समग्र दोलखाबासी सरोकारवाला तथा भीमेश्वरप्रति आस्था राख्ने भक्तजनले जगमानको तर्कप्रति आपत्ति जनाइरहेका हुन् । उक्त भनाइलाई सच्याउन भन्दै  संस्कृतिविद डा. जगमान गुरुङलाई समितिले ध्यानाकर्षणसमेत गराएको थियो । यद्यपि गुरुङले आफ्नो भनाइ सच्याएका छैनन् । 

    विज्ञप्तिमा भनिएको छ – ‘सम्पूर्ण धर्मालम्वीहरुको आस्था र विश्वासको धरोहर दोलखा भीमेश्वर (भीमसेन)प्रति गरिएका तथ्यहीन, विना अध्ययन, विना प्रमाण, भ्रामक प्रचार–प्रसार एवम् अभिव्यक्तिप्रति हामीले उहाँलाई विभिन्न माध्यामबाट उक्त भनाई सच्याउन आग्रह पठाएका थियौं । हामीलाई लागेको थियो उहाँले आफ्नो धारणा सच्याउनु हुन्छ या उक्त भनाइको पुष्ट्याईं गर्नु हुन्छ । तर पनि उहाँले उक्त धारणा सच्याउने वा पुष्ट्याउने कार्य नगर्नु भएकोले विना अध्ययन, विना आधार र विना प्रमाण उहाँले प्राकृतिक छट्टाले सजिएको मनोरम पर्यटकीय गन्तव्य स्थल जसको आफ्नै मौलिक पहिचान रहेको छ  । त्यस शैलुङको कुनै स्थानमा रहेको तरवार आकारको शीलालाई भीमसेनको तरवार भनी सम्बोधन गरी जसको दर्शन पछि मात्र ऐतिहासिक धार्मिक आस्थाको केन्द्रमा सजिएको दोलखा भीमेश्वरको दर्शन गर्न जानु भन्ने तथ्यहीन, संस्कृति विहिन र कुनै आधार विहिन भनाइहरु फिर्ता लिन आग्रहको लागि यस दोलखा भीमेश्वर गुठि व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ । र, उक्त भनाई प्रति आपत्ती व्यक्त गर्दछ।’

 जिल्लाबासी र सबै सरोकारवालाहरु संगठीत भएर अहिले संस्कृतिविद गुरुङको विरोध गरिरहेका छन् । उनीहरुले उक्त तर्कबाट आफूहरुको आस्थामाथि आँच पुगेको तथा सुप्रसिद्ध भीमेश्वर मन्दिरको विश्वास, पहिचान र गौरवमाथि नै प्रहार गरिएको जिकिर गरिरहेका छन् । उता जगमानलाई प्रष्टिकरण दिन पटक पटक आग्रह गरिएपनि उनले यस सम्बन्धमा किन र के आधारमा बोले भन्ने विषयमा अझै खुलाएका छैनन् । जगमानबाहेक कलाकार तथा राप्रपा नेता मदनदास श्रेष्ठले पनि माघ २६ गते शैलुङमा पहिलो पटक भीमेश्वरको शीला तरवारको पुजा-आजा हुने जिकिर गरेका थिए । 

भीमेश्वर मन्दिरप्रति कस्तो विश्वास गरिन्छ ? 

१, विश्वमा अवस्थित १२ ज्यर्तिलिङ्ग मध्ये तेस्रो ज्योर्तिलिङ्ग आदि–शक्ति, महा–शक्ति, दिव्य शक्ति दोलखा भीमेश्वर (भीमसेन), को दर्शन पश्चात मात्र अन्य मन्दिर तथा देवालयहरुको दर्शन गरेमा पुन्य प्राप्त हुने जनविश्वास रहि आएको छ ।

२, विश्व भविष्य सूचकको रुपमा आफ्नो शीलामा पशिनाद्वारा हरेक मानवलाई सचेत गराउने जिवित भगवानको रुपमा पुजिँदै आई रहेको श्री भीमेश्वर (भीमसेन)को महिमा अपरम्पार रहि आएको जन विश्वास रहि आएको छ । विभिन्न धर्मग्रन्थहरुमा भीमसेनको अस्त्र गदा भएको उल्लेख भएको र भीमसेनले अन्य अस्त्र लिएको सम्वन्धमा हालसम्म कुनै कतै धर्म ग्रन्थहरुमा उल्लेख नभएको भन्ने कुरा कोही कसैले पुष्टि गर्न सकिएको छैन । सो कारण पनि भीमसेनको अस्त्र गदा रहेको पुष्टि हुने विश्वास गरिँदै आएको छ । 

विज्ञप्ति

dolkha-1739438400.jpg

 

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  १५:०५




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments