HomeEnglish Newsजनयुद्धकै कारण गणतन्त्रमा छौँ: अध्यक्ष दाहाल

जनयुद्धकै कारण गणतन्त्रमा छौँ: अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सशस्त्र सङ्घर्षको परिणामले अहिले देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रहेको बताएका छन्।

धुर्कोट गाउँपालिमा सहिद उद्यानको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री दाहालले सशस्त्र सङ्घर्ष, जनआन्दोलन र अन्य बलिदानका कारण नै अहिले गाउँगाउँसम्म सरकार बन्न र जनताका अधिकार स्थापित हुन सफल भएको बताए।

“यो सामान्य सुधारात्मक परिवर्तन मात्रै होइन, गुणात्मक, युगान्तकारी र धेरै समयसम्म टिक्ने परिवर्तन हो”, अध्यक्ष दाहालले भने, “संविधानले पहिलो पटक नेपाली जनतालाई सार्वभौम सम्पन्न बनाएको छ।”

संविधानमा जनताका अधिकार स्थापित भए पनि जनताको घरआँगनमा भने सोचेजस्तो खुसियाली नआएको उनको भनाइ थियो।

आफू प्रधानमन्त्री हुँदा मदन भण्डारी राजमार्ग, मध्यपहाडी लोकमार्ग, सालझण्डी ढोरपाटन सडकलगायत काम गरेको अध्यक्ष दाहालले उल्लेख गरे।

प्रकाशित: १ फाल्गुन २०८१ २३:१३ बिहीबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments