युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको पछिल्लो छलफलमा युक्रेन युद्ध अन्त्य गर्ने योजना बनाउन पर्याप्त नभएको बताएका छन्।
म्युनिख सुरक्षा सम्मेलनमा पुगेका उनले अमेरिकाबाट आउने संकेतहरू बलियो भए पनि त्यसमा एकरूपता नभएको तर्क गरे। उनले अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग थप छलफल गर्न आवश्यक रहेको बताए।
यद्यपि, उनले भान्ससँगको आगामी वार्ताको बारेमा भने, ‘केही निर्णयहरू राष्ट्रपति स्तरमा मात्र गर्न सकिन्छ।’ जेलेन्स्कीले आफ्नो देशको भविष्यको बारेमा प्रश्नहरूको जवाफ दिँदै युक्रेन नेटोमा रहन चाहेको अनि रूसी कब्जा गरिएका क्षेत्रहरूलाई मान्यता नदिने भनेका छन्।
उनले भने, ‘हामी नेटोमै रहन चाहन्छौं, हामी नेटोको सुरक्षा ग्यारेन्टीमा भर पर्छौं। मलाई लाग्छ यो सबैका लागि सबैभन्दा सस्तो विकल्प हो।’ साथै, उनले युरोपले आफ्नै सुरक्षाको लागि युक्रेन वरिपरि एकजुट हुनुपर्ने पनि उल्लेख गरेका छन्।
प्रकाशित: २ फाल्गुन २०८१ २१:१६ शुक्रबार




