Tuesday, April 21, 2026
spot_img
HomeEnglish Newsज्ञानेन्द्र शाह साधु, महात्मा हैनन्, नेपालको ठूला व्यापारी हुन् : माधव नेपाल

ज्ञानेन्द्र शाह साधु, महात्मा हैनन्, नेपालको ठूला व्यापारी हुन् : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देश सामन्तवादी युगमा जान नसक्ने बताएका छन्। आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

सञ्चारकर्मीहरूले सोधेको राजा फर्किन्छन्? भन्ने प्रश्नमा अध्यक्ष नेपालले अब देश सामन्ती युगमा दास युगमा जान नसक्ने बताएका हुन्। ‘जनताको मनको शासनलाई नमान्ने वंशको शासनमा जाने कुरा हुन सक्दैन,’ उनले भने, ‘संसार सामन्ती युगमा जान सक्दैन, दास युगमा जान सक्दैन,अब, पुँजीवादी युगमा पनि बस्ने हैन। समाजवादी युगमा जानुपर्छ।’

अध्यक्ष नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहले त्याग तपस्या नगरेको, साधु महात्मा पनि नभएको बरू ठूला व्यापारी भएको बताए। उनले भने, ‘पूर्वराजा ज्ञानेन्द्र शाह, साधु, महात्मा हैनन् बरू नेपालको ठूला व्यापारी हुन्।’

उनले एमालेसँग पार्टी एकीकरणको विषयमा हालसम्म कसैले कुरा नउठाएको बताए। उनले प्रधानमन्त्रीसँग भेटघाट हुँदैमा पार्टी एकीकरण गर्ने भन्ने नहुने स्पष्ट पारे।

प्रकाशित: १९ चैत्र २०८१ १४:३१ मंगलबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments