HomeNepal Embassy KW‘टाइगर ट्राप’ माेबाइ गेम : बाघचाल खेलकाे राेचक भिडन्त !

‘टाइगर ट्राप’ माेबाइ गेम : बाघचाल खेलकाे राेचक भिडन्त !


इसानी टेक्नोलोजीले टाइगर ट्राप

(Tiger Trap)


नामक अत्यन्तै रमाईलो र क्रिएटिभ एन्ड्रोइड एप्लिकेशन ल्याएको छ । यो एप्लिकेशनमा लोकप्रिय परम्परागत नेपाली खेल बाघचालमा आधारित छ ।

पराम्परागत बाघचाललाई नयाँ स्वाद र रोचकता थपेर टाइगर ट्राप गेम खेल्नु पर्ने हुन्छ । गेमको नामले बताए झै विभिन्न १५ लेभलमा रहको यस गेम जित्नको लागि गोट अर्थात बाख्राले बाघलाई ट्राप (घेराबन्दी) मा पारेर जित्नुपर्ने हुन्छ ।
http://ictsamachar.com//story/\

निकै चातुर्यातापूर्वक खेल्नु पर्ने यस खेलमा बाघले बाख्रालाई खानबाट जोगाउनु पर्ने हुन्छ । परम्परागत बाघचाललाई अझ रोचक ढङ्गले विभिन्न लेभलमा प्रस्तुत गरिएको छ । आयातकार आकारमा मात्र नभइ त्रिभुजाकार आकारमा पनि लेभलहरु विकास गरिएका छन् ।


यस खेलका मूख्य फिचरहरुमा


१‍. गोट मोड, मल्टिप्लेयर मोडहरु (टु प्लेयर मोड र ब्लुटुथ मोड) गरी तीन ओटा फरक मोड,
http://ictsamachar.com//story/\

२‍. बढ्दाे कठिनाइसहितका विभिन्न लेभलहरु

३‍‍. गेमप्लेलाई सजिलो बनाउन पावर प्लेको प्रयोग

४. फेसबुकमा अचिभमेन्ट सेयर गर्न सकिने

ग्राफिक्सको कुरा गर्नु पर्दा निकै राम्रो ग्राफिक्सको प्रयोग गरिएको छ । यसका लेभल पार गर्नका लागि निकै ट्रिक र दिमाग लागाउनु पर्ने हुन्छ ।

यस खेलको नियम नजान्नेका लागि हिन्ट तथा हेल्प पनि दिइएको छ भने लाइफलाईन पनि राखिएको छ ।
http://ictsamachar.com//story/\




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments