HomeEnglish Newsट्रम्पको करवृद्धिको विरोधमा मस्क, अमेरिकी निर्यातकर्तालाई नोक्सान पुग्ने चेतावनी

ट्रम्पको करवृद्धिको विरोधमा मस्क, अमेरिकी निर्यातकर्तालाई नोक्सान पुग्ने चेतावनी

अमेरिकी अर्बपति व्यवसायी एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पको करवृद्धिको नीतिप्रति चिन्ता व्यक्त गरेका छन्। मस्कको कम्पनी टेस्लाले अन्य देशहरूले अमेरिकी राष्ट्रपति ट्रम्पको करवृद्धिको नीतिको बदला लिएमा आफूसहित अन्य अमेरिकी निर्यातकर्ताले ठूलो नोक्सानी सहनुपर्ने चेतावनी दिएको छ। 

बीबीसीका अनुसार विद्युतीय कार उत्पादन गर्ने टेस्लाले यो कुरा अमेरिकी व्यापार प्रतिनिधिलाई लेखिएको हस्ताक्षर नगरिएको पत्रमा उल्लेख गरेको छ। पत्रमा निष्पक्ष व्यापारको समर्थन गरिएको छ। अन्य देशले अमेरिकी करको जवाफ दिएमा निर्यातकर्ताहरू गम्भीर रूपमा प्रभावित हुने जोखिम रहेको बताइएको छ।

मस्क ट्रम्पका नजिकका सहयोगी हुन्। ट्रम्प प्रशासनमा उनलाई संघीय सरकारको खर्च कटौती गर्ने विभाग डोजको नेतृत्व दिइएको छ। यो पत्र लेखिएको दिन नै ट्रम्पले ह्वाइट हाउसमा मस्कको समर्थन गर्दै टेस्ला कार किन्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

यस वर्ष सुरुदेखि नै टेस्लाको शेयर मूल्य ४० प्रतिशतले घटेको छ। यही हप्ता लागू भएको स्टील र आल्मुनियम आयातमा अमेरिकाले लगाएको करको जवाफमा युरोपेली संघ र क्यानडाले पनि कडा प्रतिशोधात्मक कदम चाल्ने चेतावनी दिएका छन्।

प्रकाशित: १ चैत्र २०८१ २१:३२ शुक्रबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments