Friday, April 17, 2026
spot_img
Homeगृहपृष्ठ‘दण्डपाणि-नन्दकुमारी अर्ज्याल पुरस्कार’ मानव अधिकारकर्मी अन्सारीलाई प्रदान गरिने

‘दण्डपाणि-नन्दकुमारी अर्ज्याल पुरस्कार’ मानव अधिकारकर्मी अन्सारीलाई प्रदान गरिने


काठमाडौँ । २०८१ सालको दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार मानव अधिकारवादी तथा महिला सशक्तीकरणकी अभियन्ता मोहना अन्सारीलाई प्रदान गरिने भएको छ। कोष संस्थापक मध्येबाट हरिहर अर्याल र राजेन्द्रप्रसाद अर्यालको उपस्थितिमा दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्रका अध्यक्ष बरिष्ठ ई. ईश्वरचन्द्र बानियाको अध्यक्षतामा फागुन ११ गते बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको ब्यहोरा महासचिव कपिलचन्द्र खनालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

वि।सं। २०६२ सालमा स्थापित स्मृतिकेन्द्रले आफनो स्थापना कालदेखि राष्ट्रिय महत्त्वका विषयमा योगदान पुऱ्याउने राष्ट्रिय प्रतिभाहरूलाई सम्मान गर्दै आएको छ। यसअघिका वर्षहरूमा इतिहास विज्ञ ज्ञानमणि नेपाल, साहित्यकार मदनमणि दीक्षित, संस्कृतिविद् सत्यमोहन जोशी, इतिहासकार तुलसीराम वैद्य, इतिहासकार दिनेशराज पन्त, साहित्यकार डा. मोदनाथ प्रश्रित, शिक्षासेवी प्रा.डा. सुरेशराज शर्मा, राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसी लगायतका डेढ दर्जनभन्दा बढी विद्वत् प्रतिभालाई सम्मान गरेको छ।

यही फागुन १७ गते शनिबार प्रज्ञा प्रतिष्ठानको हलमा पुस्तक विमोचन तथा संस्थाको साधारण सभाको भव्य कार्यक्रमको बीचमा उक्त पुरस्कार मोहना अन्सारीलाई अर्पण गरिने भएको छ। पुरस्कारको राशि रू ५०,००० (अक्षरेपी पचास हजार रुपियाँ) र अभिनन्दन पत्रका साथ अन्सारीलाई सम्मान गरिने कार्यक्रम तय भएको छ ।

गोरखामा वि.सं १९६३ मा जन्मिएएका विद्वान् शिक्षासेवी, इतिहासविज्ञ तथा समाजसेवी स्वर्गीय दण्डपाणि अर्ज्याल इतिहास, ज्योतिष शास्त्र र संस्कृतिका अध्येता थिए भने नन्दकुमारी उनकी धर्मपत्नी हुन् ।

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १८:१६




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments