Saturday, April 18, 2026
spot_img
Homeगृहपृष्ठदर्शन ठकुरी समाजद्वारा राजदूत दम्पती “दर्शन अभिनन्दन” सहित विदाई

दर्शन ठकुरी समाजद्वारा राजदूत दम्पती “दर्शन अभिनन्दन” सहित विदाई

आर डि क्रीएशन/१९ जनवरी, कुवेत। दर्शन ठकुरी समाज कुवेतले नेपाली राजदूतावास कुवेतका राजदूत यज्ञ बहादुर हमाल साथै प्रथम महिला रिता हमाललाई “ दर्शन अभिनन्दन “ सहित विदाई गरेको छ । हिजो खैतान स्थित होटल हैतममा विषेश कार्यक्रमको आयोजना गरि समाजमा आवद्द पदाधिकारीहरुद्वारा विदाई गरिएको समाजले जनाएको छ।
राजदूत यज्ञ बहादुर हमाललाई दूतावासको प्रमुख पदमा रहेर आफ्नो कार्यभार कुशलता पुर्वक समाल्दै कुटनितिक सम्बन्धलाई सुर्ढ़रित गर्दै नेपाली आन्तारिक पर्यटन प्रबन्धन बिकासमा खेल्नु भएको भूमिका र सिंगो नेपाली समाज, नेपाली संघ सस्थाहरु संग सहकार्य गर्दै समस्या सुल्झाउन, पिडितको उद्दारमा देखाउनु भएको सक्रियता सगै आम कुबेतबासी नेपालीहरुको भलाई र हितको लागि दुताबासबाट खेलिएका सकारात्मक भूमिकाको उच्च मुल्याङ्गकन गर्दै “दर्शन अभिनन्दन “ गरिएको हो ।
त्यसैगरि राजदूत धर्मपत्नी रिता हमाललाई प्रथम नेपाली महिलाको रुपमा कुबेतमा आई कुटनीतिक मयार्दालाई उच्च बनाउदै आन्तरिक पर्यटन प्रबन्धनको लागि कुटनीतिक नियोग र बिभिन्न मुलुकका महिलाहरु बीच अन्तरास्ट्रिय स्तरको नेपाली कला सस्कृति झल्काउने कार्यक्रम गर्नु को साथै नेपाली कला, भाषा, सस्कृति, परम्परा र साहित्यको बिकासमा पुर्याउनु भएको सहयोग र नेपाली समाजसंग खेल्नु भएको सकारात्मक भूमिकाको उच्च मुल्याङ्गकन गर्दै “दर्शन अभिन्न्द “ गरिएको समाजले जनाएको छ ।

 

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments