HomeEnglish Newsनालीमा डुबेर १५ महिने बालकको मृत्यु

नालीमा डुबेर १५ महिने बालकको मृत्यु

घर अघि रहेको नालीमा डुबेर कपिलवस्तुको विजयनगर गाउँपालिका-७ मा १५ महिने बालको मृत्यु भएको छ। स्थानीय महिपाल धोबीका छोरा हिमांशु धोबीको बाटो किनारमा रहेको नालीमा डुबेर मृत्यु भएको हो। घरका अभिभावक गुइँठा बनाउन गएका र घरमा कोही नभएको बेला उनी नालीमा खसेका थिए। 

नालीमा ढक्कन नभएको र नालीको पानी विभिन्न ठाउँमा बाँधिएकाले पानी जमेको ठाउँमा बालक मृत्यु अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दले जानकारी गराए। शवको पोस्टमार्टमपछि परिवारलाई  जिम्मा लगाइएको छ। दुई साताअघि सोही पाकिलामा बाल्टीमा डुबेर एक वर्षीय बालकको मृत्यु भएको थियो। 

प्रकाशित: ९ फाल्गुन २०८१ २१:१७ शुक्रबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments