Wednesday, April 22, 2026
spot_img
Homeगृहपृष्ठनेपाल आइडल सिजन २ का रवि ओड र मोडल तथा गायक चक्र...

नेपाल आइडल सिजन २ का रवि ओड र मोडल तथा गायक चक्र बम आगामी २० मा कुवेत आउने

आर डि क्रीएशन/ ११ सेप्टेम्बर, कुवेत। नेपालका निक्कै ठूलो फ्रेन्चाइज शो नेपाल आइडल दोस्रो चरणका विजेता रवि ओड र चर्चित मोडल एवं गायक चक्र बम आगामी सेप्टेम्बर २० तारिक कुवेत आउने भएका छन। सुदुरपश्चिमेली सेवा समाज कुवेतको दोस्रो वार्षिकोत्सव तथा अधिवेशनलाई संगितमय बनाउन सुदुर्पश्चिमेली सेवा समाज कुवेतको निमन्त्रणामा अतिथी कलाकारको रुपमा उनिहरु कुवेत आउन लागेका हुन।

“सुदुर पश्चिमका लागि सुदुर पश्चिमेली” भन्ने मुल नाराका साथ २०१७ मा स्थापना भएको यो संस्थाले छोटो समयमा नै विभिन्न खाले सामाजिक र मानविय कार्यहरु गरेर आफ्नो छुट्टै पहिचान बनाइसकेका छन। यो कार्यलाइ निरन्तरता दिँदै दुखी पिडित तथा असाहयाहरुलाइ सहयोग गर्दै जाने उदेश्यले स्थापना भएको यश संस्थाको दुई बर्ष सफलतापुर्वक सम्पन्न भएर तेस्रो बर्षमा प्रवेश हुने खुसियालिमा बार्षिकोत्सव तथा अधिवेशन गर्न लागिएको हो। यसै अवसरमा बृहत् सांगीतिक धमाका-२०१९ अयोजना गर्न लागेको आयोजक कमिटिले जानकारी दिएका छन। यो कार्यक्रम कुवेतको निक्कै ब्यस्त शहर हवाल्लिस्थित ब्वायज स्काउट थिएटरमा आगामी २० सेप्टेम्बर शुक्रबारका दिन हुनेछ। यसको मुख्य प्रायोजन सिटि एक्स्प्रेसले गरेको छ।

आयोजक संस्थाका अध्यक्ष अमर खड्काले उक्त दिन कार्यक्रम हलमा उपस्थित भइ कार्यक्रमको शोभा बढाइदिनहुनका लागि कुवेतमा सकृय संघ संस्थाहरु, विभिन्न सञ्चार गृहमा आवद्ध संचारकर्मी मित्रहरु एवं श्रम गरिरहनुभएका तमाम दाजुभाइ तथा दिदिबहिनिहरुलाइ अनुरोध गरेका छन।

पुनश्च, कार्यक्रम हुने
मिति: २० सेप्टेम्बर २०१९
स्थान: ब्वायज स्काउट थिएटर हवाल्ली
समय: ठिक बिहान ११ बजे

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments