Homeगृहपृष्ठपाँचथरमा बोलेरो दुर्घटना, ४ जना घाइते RD Creation

पाँचथरमा बोलेरो दुर्घटना, ४ जना घाइते RD Creation


पाँचथर । याङबरक गाउँपालिका–२ अन्तर्गत सिलसिलेमा बोलेरो जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । शनिबार बिहान च्याङथापुबाट फिदिमतर्फ आउँदै गरेको मे १ ज २६२८ नम्बरको बोलेरो मध्यपहाडी लोकमार्गअन्तर्गत सिलसिले सुबेदी चोकबाट करिब ३० मिटर तल खोल्सामा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

दुर्घटनाका बेला बोलेरोमा चालकसहित आठ जना सवार थिए । घाइते हुनेमा चालक फिदिम नगरपालिका–८ का अनिश लाम्गादे, फिदिम–९ का थामबहादुर राई, याङबरक–४ का प्रेमबहादुर कार्की र देउमाई नगरपालिका–६ का जीवन रावत रहेका छन् ।

घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथर ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख पूर्ण गौतमले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परेका अन्य चार जना भने सकुशल रहेका छन् ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments