Monday, April 27, 2026
spot_img
Homeगृहपृष्ठपियोर इनर्जीको आइपीओ भर्ने आज अन्तिम दिन

पियोर इनर्जीको आइपीओ भर्ने आज अन्तिम दिन


काठमाडौं : पियोर इनर्जीको आइपीओमा आवेदन दिने आज वैशाख २ गते अन्तिम दिन रहेको छ। कम्पनीले दोस्रो चरणमा गत चैत २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ खुला गरेको थियो। यो आइपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले गत फागुन २० गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आइपीओ जारी गरेपछि अब भने सर्वसाधारणमा बिक्री खुला गरेको हो। कम्पनीले आफ्नो जारी पुँजी ८० करोड रुपैयाँमध्ये २ प्रतिशत अर्थात १ करोड ६० लाख रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका १ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्र बाँकेका स्थानीयका लागि र जारी पुँजीको १८ प्रतिशत अर्थात १४ लाख ४० हजार कित्ता शेयरको १० प्रतिशतले हुन आउने १ लाख ४४ हजार कित्ता वैदेशिक रोजगारीमा नेपाली नागरिक ५ प्रतिशतले हुन आउने ७२ हजाार कित्ता सामूहिक लगानी कोष, २ प्रतिशतले हुन आउने २८ हजार ८०० कित्ता कम्पनीका कर्मचारीलाई बाँडफाँट गरेपछि बाँकी ११ लाख ९५ हजार २०० कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ।

लगानीकर्ताले यस आइपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । यो आइपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्। कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

सीडीएससीका अनुसार सोमबार साँझसम्म यो आइपीओमा १६ लाख ३४ हजार ४८९ आवेदकबाट कुल १ करोड ९२ लाख ९४ हजार ७६० कित्ता शेयरका लागि खरिद आवेदन परेको छ। जुन मागभन्दा १६.१४ गुणाले बढी हो। पियोर इनर्जीको आइपीओ पनि अब गोलाप्रथाबाट बाँडफाँट हुनेछ। जसमा भाग्यमानी १ लाख १९ हजार ५२० आवेदकले १० कित्ताका दरले शेयर पााउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments