HomeEnglish Newsपूर्वाञ्चल विश्वविद्यालयका ८,१५० विद्यार्थी दीक्षित

पूर्वाञ्चल विश्वविद्यालयका ८,१५० विद्यार्थी दीक्षित

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको उपस्थितिमा मंगलबार पूर्वाञ्चल विश्वविद्यालयको १३ औँ दीक्षान्त समारोह सम्पन्न भएको छ।

दीक्षान्त समारोहमा आठ हजार १५० विद्यार्थी दीक्षित भएका छन्। दीक्षित हुनेमा कला संकायका २०४, कानुनका ४०७, शिक्षाशास्त्र संकायका ९०६, व्यवस्थापन संकायका दुई हजार २४९, चिकित्साशास्त्र संकायका दुई हजार १९८, विज्ञान तथा प्रविधि संकायका  ६५४ तथा इन्जिनियरिङ संकायका एक हजार ४४२ विद्यार्थी रहेका छन्।

प्रधानमन्त्री ओली दीक्षान्त समारोहका कार्यक्रम सकेर अहिले कोशी प्रदेशसभामा सम्बोधन गरिरहेका छन्।

प्रकाशित: २७ फाल्गुन २०८१ १५:२९ मंगलबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments