Homeगृहपृष्ठप्रधानन्यायाधीश राउत १० दिने भ्रमणका लागि बेलायत जाँदै RD Creation

प्रधानन्यायाधीश राउत १० दिने भ्रमणका लागि बेलायत जाँदै RD Creation


काठमाडौँ : प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत आज बेलायत भ्रमणमा जाँदै छन्।

दस दिने भ्रमणका लागि राउत आज प्रस्थान गर्दै छन्। उनी नेतृत्वको टोलीमा सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल, उच्च अदालतका न्यायाधीशद्वय रितेन्द्र थापा र हेमन्त रावल हुनेछन्। यस्तै सर्वोच्चका रजिस्ट्रार विमल पौडेल पनि भ्रमण टोलीमा रहनेछन्।

यसअघि वैशाख ११ गते नै प्रधानन्यायाधीश राउत विदेश भ्रमणमा निस्कन लागेका थिए। पहिला टर्की जाने र त्यसपछि बेलायतको भ्रमण गर्ने उनको तालिका थियो। तर टर्कीको भ्रमण अन्तिम समयमा रद्द भएको थियो। टर्कीमा भूकम्प गएका कारण उनको भ्रमण रद्द भएको भनिए पनि सर्वोच्चले आधिकारिक जानकारी भने केही सार्वजनिक गरेको छैन।

यसपालि भने प्रधानन्यायाधीश राउत टर्कीको स्तानबुलमा ट्रान्जिट मात्र गर्नेछन्। त्यहाँको विमानस्थलबाट सिधै लन्डन प्रस्थान गर्नेछन्। राउत नेतृत्वको टोली वैशाख २३ गते स्वदेश फर्किने कार्यक्रम छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments