HomeEnglish Newsप्रधानमन्त्री ओलीको जन्मदिनमा झापामा ‘जन्मोत्सव पार्क’

प्रधानमन्त्री ओलीको जन्मदिनमा झापामा ‘जन्मोत्सव पार्क’

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको जन्मदिनका अवसरमा गृहजिल्ला झापामा ‘जन्मोत्सव पार्क’ नामकरण गरिएको छ।

प्रधानमन्त्री ओलीको ७३औं जन्मदिनका अवसरमा ७३ वटा बिरुवा रोपेर ‘जन्मोत्सव पार्क’ नामकरण गरिएको हो।

सुकेडाँगी सामुदायिक वनमा वृक्षरोपण गरिएको क्षेत्रलाई वनका अध्यक्ष बलराम रिसालले ‘जन्मोत्सव पार्क’ नामकरण गरेका हुन्।

सोही अवसरमा कन्काई नगरपालिका २, धनुष्कोटीमा पूजा र हवनसहित ७३ दीप प्रज्वलन गर्नुका साथै अष्टचिरञ्जीवीको पूजा तथा हवन कार्यक्रम पनि गरिएको थियो।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments