HomeEnglish Newsफाल्गुनन्द–३ का वार्ड अध्यक्ष सुखविर नेम्बाङको निधन

फाल्गुनन्द–३ का वार्ड अध्यक्ष सुखविर नेम्बाङको निधन


Advertisement

Advertisement

Advertisement

Advertisement

पाँचथर– पाँचथरको फाल्गुनन्द गाँउपालिका वार्ड न.–३ का वार्ड अध्यक्ष सुखविर नेम्बाङको निधन भएको छ । क्यान्सर रोगका कारण विरामी रहेका नेम्बाङको उनकै नीजि निवास पौवासारतापमा निधन भएको हो ।
केहि बर्षदेखि उनी क्यान्सर रोगसँग लडिरहेका थिए । विभिन्न अस्पतामा उपचार गराएका थिए । ४७ बर्षको उमेरमा उनको निधन भएको हो । उपचारबाट निको हुने सम्भावना कम भएपछि पछिल्लो महिनामा घरमै थिए ।
२०७४ साल र २०७९ सालमा उनी वार्ड अध्यक्ष निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेस फाल्गुनन्द गाँउ कार्यसमितिका सभापति समेत थिए । विगतमा राम्रो भलिवल खेलाडीको रुपमा समेत उनको परिचय रहेको थियो ।
उनको निधनले फाल्गुनन्द गाँउपालिका सहित जिल्लाको राजनीतिमा ठुलो क्षती पुगेको गाँउपालिका अध्यक्ष वृजहाङ आङदेम्बेले बताए ।
उनका श्रीमती र दुई छोरी रहेका छन् । बुधवारनै उनको पौवासारतापमा अन्तिम दाहासंस्कार गरिने परिवारले जानकारी दिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Advertisement




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments